विष्णुपादुका टोलमा सरसफाई 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा २५ हेमजास्थित विष्णुपादुका टाेलमा शनिवार वृहत सरसफाई भएकाे छ ।

विष्णुपादुका टोल विकास संस्थाले आयाेजना गरेकाे कार्यक्रममा ‘आफ्नाे टाेल आफै सफा राखाैं’ भन्ने अभियानसहित विष्णुपादुका मन्दिर परिसर, हारहारी स्ट्रिट नम्वर ८, देवीस्थान मार्ग, मिलनचाेक, एकतामार्ग र भिमसेनटाेल लगायत विष्णुपादुका टाेलभित्र पर्ने स्थानमा सरसफाई गरिएकाे हाे ।

साथै हाईवेमा भएका घरधनीहरूमा प्रत्येक दिन विहान आ-आफ्नो घरअगाडी सफा गरिदिन आग्रह गरिएको छ ।

विष्णुपादुका टाेल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले स्वच्छ र स्वस्थ समाजका लागि अब प्रत्येक हप्ता १ घण्टा टाेल सरसफाइ गर्ने बताए ।

उनले महानगरको फोहर उठाउने गाडी टाेलकाे हरेक चाेक तथा सडकमा नआएर फाेहाेर थुप्रिएकाेे बताउँदै प्रत्येक १५ दिनमा  टोलका हरेक चाेक र घर अगाडि फोहर संकलनका लागि गाडी आउने वातावरण मिलाउन टाेल विकास संस्थाले समन्वय गर्ने बताए ।

अध्यक्ष श्रेष्ठले कतिपय व्यक्तिहरूले लापरवाही गरि फाेहाेरकाे गाडिमा फाेहाेर फाल्नुकाे सट्टा सिँचाइका नहरमा फोहर फालिदिनाले टोलमा बेलाबेला महामारी र दुर्गन्ध फैलिएको स्मरण गराउँदै अवका दिनमा टोल विकास संस्थाले अत्यन्त कडा निगरानी गरि जथाभावी फोहर फाल्ने व्यक्तिलाई जरिवाना लगाउने व्यवस्था गरिने उल्लेख गरे ।

साथै हरेक टोलवासीले आफ्नो परिसर सफा र स्वच्छ राखी आफ्नो घरबाट निस्कने फोहर बोरामा जम्मा गरि उक्त फाेहाेरकाे गाडीमा राख्न उनकाे आग्रह छ ।

उनले टोल विकास संस्थाले अब केही दिनमा प्रत्येक घरमा फोहर संकलन कार्ड र सरसफाईकाे अनुगमन गर्ने बताए ।

टाेल विकास संस्थाका उपाध्यक्ष सम्वरबहादुर गायकले स्वच्छ वातावरणकाे लागि टाेलवासी नै जागरुक हुनुपर्ने बताए ।

सरसफाई कार्यक्रममा देवीस्थान आमा समूह, सिके आमा समूह, गन्धर्व आमा समूह, कमलजैसी आमा समूह तथा स्थानियहरुककाे सकृय सहभागिता रहेकाे थियाे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्