पोखरा ।
चर्चीत गायिका मिलन नेवारको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’दशौं रारा पोखरा स्पोर्टस् अवार्ड २०८२’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका नेवारको प्रस्तुती रहने भएको हो ।

यहीं वैशाख ३१ गते बिहीबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा मिलनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन् ।
कार्यक्रम हेर्नको लागि प्रवेश निःशुल्क रहेको मञ्चका सचिव तथा सांस्कृतिक उपसमिति संयोजक राजु गिरीले जानकारी दिए । उनको प्रस्तुतीले कार्यक्रममा रौनकता थप्ने मञ्चको विश्वास छ । कार्यक्रममा मिलन नेवारका अलावा अन्य सांस्कृतिक प्रस्तुती समेत रहने गिरीले जानकारी दिए ।
अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार, पिपुल्स च्वाइस र स्पेशल अवार्ड गरि ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा अवार्ड संयोजक एमबी आस्थाले बताए ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान स्कुटर प्रदान गर्ने छ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा सहित सम्मान अर्पण गरिनेछ ।
त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गरिने अध्यक्ष आस्थाले जनाए । कार्यक्रम भव्य बनाउन तयारीमा तिव्रता दिइएको उनले बताए ।