राष्ट्रपति पौडेलले शुभसाइतमा टीका, जमरा ग्रहण गर्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

विगतका वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई समेत टीका लगाइदिने गरेका थिए । तर, मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको र शान्तिपूर्ण एवं हर्षोल्लासपूर्ण वातावरण नरहेको भन्दै गत वर्षदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्