क्षत्री समाज नेपालकाे जिम्मेवारी बाँडफाँड 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

क्षत्री समाज नेपालको चौंथौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सचिवालय बैठकले केन्द्रीय पदाधिकारी को जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रदेश स्तरबाट निर्वाचित लुम्वपनी प्रदेशको इन्चार्ज उपाध्यक्ष लालबहादुर अधिकारी, गण्डकी प्रदेश इन्चार्जमा उपाध्यक्ष राजेन्द्र अधिकारी, बागमती प्रदेश इन्चार्जमा उपाध्यक्ष श्याम कार्कीलाई प्रदेश अन्र्तगत जिल्लाहरुको अधिवेशन गराउने समेटन बाँकी रहेका जिल्लाहरुको प्रतिनिधित्व गराउने जिम्मेवारी दिएको छ ।

त्यस्तै महिला उपाध्यक्ष अमृत देबी बानियालाई महिला समाज इन्चार्ज बनाइएको छ । सो अनुसार देशभरका महिला समाजहरुको सङठनलाई सकृय बनाई महाधिवेशन गराउने जिम्मेवारी दिएको छ ।

समाजको विभिन्न उद्देश्य अनुसार कार्यगर्ने गरी महासचिव कृष्णबहादुर थापालाई सङठन योजनाको जिम्मेवारी , कोषाध्यक्ष पदमबहादुर कार्कीलाई आर्थिक विकासको जिम्मेवारी सहित विभिन्न जिल्लाहरुको इन्चार्ज तोकिएको छ ।

जातीय सदभाव ,राष्टिय एकता अभियानलाई समाजले स्थापित गराउदै राष्ट्रिय अखण्डताको लागि विविध रचात्मक कार्यहरु गदै आएको महासचिव थापाले बताए ।

उनका अनुसार बैठकले असोज मसान्त सम्म सम्पुर्ण भातृसमाजको अधिवेशन गर्ने, मनोनित गर्न आवश्यक  मापदण्ड तय गर्ने , समाजले विभिन्न चरणमा राज्यपक्षसँग भएका सम्झाैता कार्यन्वयन गराउन पहल गर्ने आरक्षणलाई बर्गिय रुपमा गराउन पहल गर्ने लगायतका महत्वपुर्ण निर्णय गरिएको छ ।

समाजका केन्द्रीय अध्यक्ष रिव बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा केन्द्रीय पदाधिकारीलाई स्वागत सहित पदस्थापन गरीएको छ ।

सो कार्यक्रममा गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मी अधिकारी, प्रदेश लेखा अध्यक्ष गणेश के.सी, कास्की जिल्ला अध्यक्ष दिल बहादुर अधिकारीले कार्यकालकाे सफलताको शुभकामना सहित भनाई राखेका थिए ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्