पाेखरा ।
काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको बस कास्कीकाे अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा दुर्घटना हुदा ८ यात्रु घाईते भएका छन् ।
विहिवार विहान करिव पाैने ४ बजे बा ५ ख २८५ नं.को बस सडको दायाँ साईडतर्फ नालामा पल्टिएकाे हाे ।
बसमा सवार १३ जना मध्ये निम्न व्यक्तिरहरु घाईते भई उपचारको लागी निम्न अस्पताल पठाईएको प्रहरीले जनाएकाे छ ।
१. चालक – जिल्ला पर्वत जलजला गा.पा. वडा नं.८ बस्ने वर्ष ३६ को बल बहादुर फगामी मगर बाहिरी चोट नदेखिएकाे, अवस्था मध्यम रहेको र निजको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको ।
२. जिल्ला म्याग्दी मालिका बस्ने वर्ष ३९ को टक बहादुर कामी बायाँ हातमा चोट लागेकाे र अवस्था मध्यम रहेकाे ।निजको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको ।
३. जिल्ला म्याग्दी मंगला गा.पा.१ निस्कोट बस्ने वर्ष ४५ को प्रेम पुन निधार र दुबै हातमा चोट लागेकाे र अवस्था मध्यम।रहेकाे । निजको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको ।
४. ऐ.८ बस्ने वर्ष ५७ को तिलक शर्मा बायाँ कुईनामा चोट अवस्था मध्यम, निजको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको ।
५. जिल्ला म्याग्दी घर बताउने बर्ष २५ की रञ्जना हमाल मुखमा चोट अवस्था मध्यम, निजको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको ।
६. जिल्ला म्याग्दी मालिका दरबाङ बस्ने वर्ष १५ की सबिता श्रीपालीको दायाँ कुममा चोट, अवस्था मध्यम, निजको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको ।
७. जिल्ला म्याग्दी मंगला गा.पा.१ सिमह बस्ने बर्ष ५७ की हरी के.सी. टाउको दुखेको, बाहरी चोट नभएको, अवस्था सामान्य निजको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको ।
८. जिल्ला म्याग्दी मालिका गा.पा. ६ दरबाङ बस्ने वर्ष १७ को भिमसेन अधिकारी कम्मरमा चोट अबस्था समान्य, बेनी अस्पताल म्याग्दीमा उपचार भई रहेको ।
दुर्घटना स्थलमा प्रहरी चाैकी नौडाँडा कास्कीबाट प्रहरी टोली खटिएकाे थियाे भने बस घटनास्थलमा रहेको रहेकाे छ ।










