ताल र जैविक विविधता संरक्षणको महत्व

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । ताल, सीमसार तथा जैविक विविधता संरक्षण पृथ्वीको स्वच्छ र स्वस्थ भविष्यका लागि अपरिहार्य छ । ताल तथा सीमसार केवल पानीको स्रोत मात्र होइनन् ।

तिनीहरू विभिन्न प्रजातिका वनस्पति, जनावर, माछा तथा सूक्ष्मजीवहरूको महत्वपूर्ण बासस्थान पनि हुन् ।

मानव जीवनको आधारभूत आवश्यकता पुरा गर्न जैविक विविधताको महत्वपूर्ण भूमिका छ, जसले हामीलाई खाद्यतत्व, औषधि र स्वच्छ वातावरण प्रदान गर्दछ ।

तर, अनियन्त्रित विकास, प्रदूषण, जलवायु परिवर्तन र अन्य मानवीय गतिविधिहरूले ताल र जैविक विविधतामा गम्भीर असर गरिरहेको छ ।

ताल तथा सीमसार क्षेत्रहरूको विनासले प्राकृतिक जलचक्र खलवल्याउने, बाढी र सुख्खापनका घटनाहरूलाई वढ्ने र विभिन्न प्रजातिहरूको वन्यजन्तु तथा वनस्पतीहरुको अस्तित्वमा संकट निम्त्याउँने गर्दछ । यसले मानव स्वास्थ्य र दीर्घकालीन विकासमा पनि प्रतिकूल प्रभाव पार्दछ ।

ताल र जैविक विविधता संरक्षणमा सबैको भूमिका महत्वपूर्ण छ । हामीले सामूहिक प्रयासबाट तालहरूको सफाई, पुनर्स्थापना, प्रदूषण नियन्त्रण गरी संरक्षणमा ध्यान दिनुपर्दछ ।

स्थानीय समुदायले ताल र आसपासको वातावरणलाई स्वच्छ राख्न, प्लास्टिकको प्रयोग घटाउन र प्रदूषण नियन्त्रण गरी यसको सुन्दरता तथा स्वच्छता कायम राख्न सहयोग गर्नुपर्दछ ।

“ताल जोगाऔं, जैविक विविधता बचाऔं!“ नारालाई आत्मसाथ गर्दै हामी सबैले मिलेर काम गरौं। हाम्रा स–साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्छ । हाम्रो सानो योगदानले हाम्रो वातावरणलाइ सुरक्षित र सुन्दर बनाउँछ । ताल र जैविक विविधताको संरक्षणले मात्र हामी स्वस्थ र समृद्ध भविष्य सुनिश्चित गर्न सक्छौं ।

आजैदेखि हामी सबैले ताल तथा सीमसार क्षेत्रको संरक्षणको यात्रामा अघि बढौं र हाम्रो वरीपरीको वातावरणलाइ सुरक्षित र स्वच्छ राख्ने काममा अघि बढ्नु आवश्यक छ ।

१.सिमसार तथा तालको जलाधार क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरुः–जल, जमिन,जंगल,जनावर र समुदायको एकिकृत सहभागितामुलक व्यवस्थापन नै ताल सिमसार क्षेत्रको व्यवस्थापन हो ।

२.तालतलैयामा वा सिमसार क्षेत्रको जलाधारले हाम्रो जीवन निर्वाह गर्न अत्यन्तै महत्वपूर्ण भुमिका खेल्छ । तसर्थ उक्त क्षेत्रका जल, जमिन, वनस्पती वचाउँदै, बचाउनु लगाउनु हामी सवैको कर्तव्य र दायित्व हो ।

३.ताल वा सिमसार क्षेत्रको जलाधारको संरक्षणमा सक्रिय सहभागिता जुटाऔं उक्त क्षेत्रमा रहेका स्रोतहरुको गुणस्तर र उत्पादनशील बढाई जीवस्तर उकासौं ।

४.माटो नरहे वन, जंगल कहाँ हुन्छ,वन जंगल नभए पानी कहाँ हुन्छ,पानी नभए ताल कहाँ हुन्छ ताल नभए अन्य जीवजन्तु र चराचुरुङ्गी एवं माछा कहाँ हुन्छ,ताल नभए पर्यापर्यटन कहाँ हुन्छ, पर्यापर्यटन नभए जीविकोपार्जन कहां हुन्छ र त्यसैले उक्त ताल संरक्षण, व्यवस्थापन र सम्वद्र्धन कार्यमा आजैको मितिबाट हामी सवै सरोकारवालाहरु एकजुट भई प्रतिवद्ध भई लागौं ।

५.ताल क्षेत्रको पानी,जल माटो,रुख विरुवा एंव जीवजन्तुको संरक्षण र सम्मान यसैमा छ मेहनती गण्डकी प्रदेशवासीको मान र सम्मान ।

६.जथाभावी सडक वा अन्य विकास निर्माण योजना निर्माण गरेर ताल क्षेत्र पुरिने, मासिने, सिमा हेरफेर गर्ने, अतिक्रमण गर्ने कार्य नगरौं । वैज्ञानिक दिगो व्यवस्थापन एवं दिगो संरक्षण मुखी संतुलित विकास र हरित विकासको अवधारणा अपनाऔ एवं सचेत नागरिकको परिचय दिआंै ।

७.गण्डकी प्रदेश भित्रका ११ वटै जिल्ला अन्तर्गत रहेका सम्पूर्ण तालतलैया,सिमसार क्षेत्रमा वा पानीले ओगटेको कुनै अन्य क्षेत्र वरिपरि रहेका वनजंगल,जमिन जलाशयको संरक्षण संवद्र्धन गरौ ।

८.ताल क्षेत्रको जलाधारमा रहेको भलपानीको उचित व्यवस्थापन गरौं । ताल क्षेत्रमा हुने भुक्षय पहिरो र बाढी लगायत जलजन्य प्रकोपबाट बचौ÷बचाऔं ।

९.ताल क्षेत्रको जैविक विविधताको बुद्धिमतापूर्वक संरक्षण र व्यवस्थापन गरौं सधैभरी हाम्रो पर्यावरण÷वातावरण बचाई हामी र हाम्रो भावी पुस्ताका लागी पनि जोगाई राखौं ।

१०.तालको जलाधार क्षेत्रमा रहेका पहिरो, गल्छी, खोला खोल्सीमा रोपौं,नेपियर,अमृसो र बाँस भुक्षय रोकिन्छ,पहिरो थामिन्छ, गाईवस्तुलाई हुन्छ घाँस त्यति मात्र हैन तालमा जल संचय भई जीविकोपार्जनका अनेक अवसरहरु निर्माण हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्