घटना नं. १ :- मिति २०८१।०३।२७ गते अं.२२:२० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको १ तले घरमा अबिरल बर्षातको कारण घर पछाडीबाट पहिरो आई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.सार्दीखोला, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल, नेपाली सेना समेतको उद्दार टोली खटिई गई खोज तथा उद्दार गर्दा निम्न मानिसहरुलाई घटनास्थलबाट मृत अवस्थामा, घाईते अवस्थामा उद्दार गरिएको ।
कुल बहादुर परियारको परिवारः-
मृतकः-
१. जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ४६ को कुल बहादुर परियार ।
२.ऐ.बस्ने निजको श्रीमती बर्ष ४३ की मनकुमारी परियार ।
३.ऐ. बस्ने निजको आमा वर्ष ८५ की लक्षीमा परियार ।
४.ऐ. बस्ने निजको छोरी बर्ष१५ की प्रशना परियार ।
५. जिल्ला चितवन घर भएको निजको छोरी वर्ष २० की प्रभा परियार ( बिबाहित- माईति आएको)
६. जिल्ला चितवन घर भएको निजको ज्वाई वर्ष २५ को अस्मित परियार (ससुराली आएको)
७. जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ की राधिका परियार । (घटनास्थलमा उद्धार गर्ने क्रममा लडी मृत्यु)
घाईतेः-
१.जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ३१ को कुमार परियार , बायाँ हातमा चोट, पश्चिम क्षेत्रिय अस्पतालमा उपचार पश्चात ऐ. ०५:३० बजे डिस्चार्ज भएको । (छिमेकी मृतक राधिका परियारको छोरा)
२.जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष १७ को पवन परियार ढाडमा चोट, प.क्षे. अस्पतालमा उपचार पश्चात ऐ. ०५:३० बजे डिस्चार्ज भएको । (मृतक कुल ब. परियारको छोरा)
घटना नं. २ :- मिति २०८१।०३।२८ गते अं. ०२:१५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा ऐ. बस्ने बर्ष ४० की आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घरमा अबिरल बर्षाको कारण अचानक पछाडीबाट पहिरो आई घर पुरिएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरी टोली खटिई गइ खोज तथा उद्दार गरेको ।
मृतक :
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा ऐ. बस्ने बर्ष ४० की आरती ओझाको छोरी बर्ष अं. १८ की अनिता ओझा मृत फेला परेको
- निजको अर्को छोरी वर्ष ११ की अनुष्का ओझा ऐ. ०५:३५ बजे मृत अवस्थामा फेला परेकी ।
- निजको दाईको छोरा अं. बर्ष ९ को प्रतिक सुवेदी ऐ. ०५:३५ बजे मृत अवस्थामा फेला परेकी ।
घाईते :-
ऐ.ऐ. बस्ने बर्ष ४० की आरती ओझाको पश्चिम क्षेत्रीय अस्पतालमा ल्याई उपचार हुदै अवस्था मध्यम रहेको ।
घटना नं. ३ :- मिति २०८१।०३।२८ गते अं. ०१;०० बजे जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्ले स्थितमा बस्ने बर्ष ८० की माईती कुमारी गुरुङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर अबिरल बर्षाको कारण घर माथीबाट पहिरो आई घर पुरिन गएको भन्ने सूचना प्राप्त हुनासाथ ई.प्र.का. शिसुवाबाट प्रहरी टोली खटिई गई खोज तथा उद्दार कार्य गरिरहको ।
उक्त घरमा २ जनाको परिवार बस्दै आएकोमा निज माईती कुमारी गुरुङ बेपत्ता भएकीमा खोजतलास गर्दै जाँदा ऐ. ०७:०० बजे मृत अवस्थामा फेला परेको । निजको छोरा अं. बर्ष ५५ को ओम ब. गुरुङलाई प्रहरी र स्थानियको सहयोगमा सकुशल उद्दार गरेको ।










