पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी पिडितद्वारा पाेखरामा विरोध प्रदर्शन

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । पोखरामा पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी पिडितले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन् ।

गण्डकी प्रदेशको विस्तारीत वैठकमा आयका लाछिछाने विरुद्द पीडितले कालोझण्डा देखाएर चर्को नाराबासहित विरोध प्रदर्शन गरेका हुन् ।

पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम आएका लामिछानेलाई सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले बिरोध प्रदर्शन गरेका हुन् । विरोध र नाराबाजीका कारणले सो क्षेत्रमा बाक्लो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र तत्कालीन समयमा टेलिभिजनको प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध कारबाही हुनुपर्नेे पीडित पक्षको माग छ । प्रदर्शनकारीले सहकारी पीडितलाई दबाउन प्रहरी परिचलन गरिएकाे भन्दै नाराबाजी गरेका छन् ।

सहकारी पीडितको प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा  दिएर   कार्यक्रम हलमा पुर्‍याइएको छ । अहिले उक्त बैंक्युटमा भित्रबाट गेट लगाएर कार्यक्रम भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्