आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गर्ने श्रीमान पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

 

पोखरा । पोखरामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने एकजना पक्राउ छन् । पक्राउ पर्नेमा कास्की अन्नपूण गाउँपालिका १ गौडाँडा घर भइ पोखरा महानगरपालिका–८ बस्ने ४२ वर्षीय जहरसिंह कुँवर छन् । उनले आफ्नो श्रीमती ४० वर्षीया राधिका कुँवरलाई घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सामान्य विवादको कारण श्रीमानको खुकुरी प्रहारबाट घाइते भएकी राधिकाको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने जहरसिंहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्