पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित पावरहाउस रिसोर्टमा मंगलबार दिउँसो स्विमिङ पुलमा डुबेर पाेखरा भ्रमणमा आएका भारतीय पर्यटकको मृत्यु भएको छ ।
भारत उत्तर प्रदेश लखनउ घर भएका बर्ष २३ का देवान सिंह ऐ. मृतक रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । देवान सिंह पोखरा महानगरपालिका–१७ स्थित पावरहाउस रिर्सोटमा रहेको स्विमिङ पुलमा पाैडी खेल्ने क्रममा डुबेका थिए ।
स्विमिङ पुलमा डुबेर अचेत भएका भारतीय नागरिक सिंहलाई निजका साथीले उद्धार गरी गण्डकी मेडिकल कलेजमा ल्याई उपचारको क्रममा डाक्टरद्वारा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक लाश मणिपाल अस्पतालमा पो. मा. पश्चात मृतको बाबा रुकमेन्द्र प्रताब सिंहले शब बुझि भारत तर्फ लगेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ।










