सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व डीआईजी जोशीलाई कास्की ल्याइयो (भिडियाे)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीलाई प्रहरीले कास्की ल्याइपुर्‍याएको छ ।

आइतबार अपरान्ह पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा ल्याइपुर्‍याएको हो ।

कास्की प्रहरीका एक अधिकारीका अनुसार जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।

फाेटाे/भिडियाे: सागर ढकाल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्