बाँझापाटनमा १९ औं कालरात्री म्युजिकल फेस्टिभल असोज २५ मा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा १३, बाँझापाटनमा रहेको श्री सत्य युवा सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको छ ।

श्री सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङ अनुसार कालरात्री म्युजिक फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाइहरु,दी ड्रिमेज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ मा पुगेका मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहने छ । सो कार्यक्रमको संचालन चाहिँ आयुष श्रेष्ठले गर्ने बताए  ।

गीत–संगीतमार्फत् मनोरञ्जन प्रदान गर्नुका साथै युवाहरुलाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले कालरात्री म्युजिक फेस्टिभल आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।

‘कालरात्री म्युजिक फेस्टिभल परम्पराको निरन्तता पनि हो, युवाहरुलाई एकै ठाउँमा भेला गराउने अवसर पनि हो,’अध्यक्ष गुरुङले भने,‘ बाँझापाटनमै हुने कार्यक्रमको अनलाइन टिकट बुकिङ सुरु भइसकेको छ ।

टिकट दर ५ सय र १ हजार कायम गरिएको छ । फेस्टिभल आयोजना गर्न हामीलाई विभिन्न व्यापारिक प्रतिष्ठान एवं संघ÷संस्थाको सहयोग रहेको छ । सबैजसो तयारी पनि तीव्र गतिमा अगडि बढिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्