
पाेखरा । ट्रेकिङ एजेन्सिज् एशाेसियसन अफ नेपाल (टान) गण्डकीले पर्यटकीय सिजन सुरुभएसँगै फेवातालकाे ड्यामसाइड क्षेत्रमा सरसफाई गरेकाे छ ।
टानले गण्डकी प्रदेशकाे उद्याेग तथा पर्यटन मन्त्रालयकाे सहकार्यमा शनिवार सरसफाई गरेकाे हाे ।
पर्यटकीय सिजन सुरु भएसँगै पर्यटककाे आकर्षक गन्तव्यस्थलहरुमा टानले सरसफाई लगायतका पर्यटकीय गतिविधिहरुलाई महत्वकासाथ अगाडी बढाएकाे छ ।
सरसफाई कार्यक्रमपछि बाेल्दै उद्याेग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले नेपालकाे पहिलाे पर्यटकीय गन्तव्यकाे रुपमा रहेकाे फेवाताललाई जाेगाउनु सबैकाे दायित्व भएकाे बताए ।
मन्त्री बस्यालले फेवातालकाे संरक्षण र पर्यटन विकासको लागि गण्डकी प्रदेश सरकारले पर्यटन व्यवसायी र संघ संस्थाहरू सहकार्य गरेर अगाडी बढ्ने बताए ।
पाेखरा पर्यटन परिषदका वरिष्ठ उपाध्यक्ष हरि भुजेलले फेवातालमा फालिने फाेहाेरलाई माेहरमा बदल्न सक्ने हाे भने फेवाताल आफै सफा हुने बताए । जसका लागि सरकार तथा सराेकारवाला निकाय र स्थानियहरु जागरुक हुनुपर्ने उनकाे भनाई छ ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले दिनहुँ आन्तरिक तथा बाह्य पर्यटककाे आगमन बढिरहदा फेवातालमा भएकाे फाेहाेरले नराम्राे सन्देश जाने हुदा टानकाे उत्तरदायित्व अन्तर्गत सरसफाई गरिएकाे बताए ।
नेपाल पर्यटन बाेर्डकाे प्रवर्द्वनमा भएकाे सरसफाई कार्यक्रममा पर्यटन परिषद, पुल्चाेक क्लव ड्यामसाइड, ड्यामसाइड टाेल विकास संस्था, ड्यामसाइड टुरिजणा रिभाइवल कमिटि, फेवा डुङ्गा व्यवसायी संगठन लगायतका संघसंस्थाका प्रतिनिधिले सकृय सभागिता जनाएका थिए ।