
नेपालको लिम्बुवान क्षेत्र, कञ्चनजङ्गा संरक्षण क्षेत्र, मुख्य गरेर एक नम्बर प्रदेशका-ताप्लेजुङ, पाँचथर, झापा, सुनसरी, इलाम, संखुवा सभा, मोरङ, धनकुटा, तेह्रथुम लगायतका जिल्लाहरू किरतकाल सभ्यताको आधारमा ऐतिहासिक लिम्बु समुदायको परम्परागत भूमि हो। धार्मिक, सांस्कृतिक र दार्शनिक किरात सभ्यताको ग्रन्थ हो। यहाँका विभिन्न जातीयका”र थाक्खा”मौखिक परम्परामा आधारित ग्रन्थ हो। किराँती भाषामा मुन्दुमलाई ज्ञान र दर्शन वा सिद्धान्तको रूपमा लिइन्छ। किराँत धर्ममा आधारित, तेह्रथुम्बा, सुन्नीमा, पारुहाङ, युर्मा-धर्म, हाङसुम-आङसुम जस्ता देवी देवताहरूको पूजा गरिन्छ।
किराँतको उत्पत्ति, जीवनशैली , युद्धकला, कृषि प्रणाली, चाडपर्व र संस्कारहरूको वर्गीकरणमा-सेन्सो मुन्धुम र थुइबा मुन्धुम गरी दुई भागमा बाँडिएको पाइन्छ। मुन्धुम कालन्तरदेखि चेमा, सम्वा, नक्छोङ, सम्बा र गुरुबा जस्ता धार्मिक व्यक्तिहरूबाट मौखिक वर्णन गरिएको आधारमा, डा, चन्द्र शर्मा र भोगीराज चाम्लिङद्वारा लिखित मुन्धुम किराती महागाथा जस्ता पुस्तकहरूबाट लिपिबद्ध गरिएको पाइन्छ।
किराँती कालमा नेपालका पहिला राजा स्वर्णिम राजा यलम्बर हुन्। उनलाई नेपालका एक प्रसिद्ध पहिलो शासक ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। किराँत समुदायले यलम्बा,”सुन्नीमा”र”पारुहाङ”प्रकृति पुजक, धर्ममा विश्वास राख्ने राजाको रूपमा मान्दथे।
किराँत राज्यको पतनपछि लिम्बुवान क्षेत्रमा १०थरी भाइहरू स्वतन्त्र राज्यमध्ये कोले राज्य शक्तिशाली राज्य थियो। कोले राज्य अन्तर्गत_पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुम जिल्लाका केही भागहरू का प्रथम राजा हाङयोक्पा थिए।
पृथ्वीनारायण शाहको आदेश अनुसार विक्रम सम्वत १८१३ अमरसिंह थापाको नेतृत्वमा सम्म किरात र अन्य पहाडी क्षेत्र विजय गर्न पठाएको फौजले विसंखु, मझुवा, कुलुम, tingle चौदण्डी विजयपुर हुँदै सिक्किम बढेका थिए, जसअनुसार पृथ्वीनारायण शाहले लिम्बुवानका दस्तरी स्वतन्त्र राज्यहरू-आठरैया, याङवरक, पञ्चथर, चुविसे, इलाम, मोरङ विजयपुर,तिपताले, मिक्लाचुङ र ताम्बार राज्यहरूलाई लिम्बुहरूसँग विक्रमसम्मत १८३१ (१७७४ इ) मा गरिएको सन्धि ऐतिहासिक रूपमा केही विशेष अधिकार प्रदान गरिएको थियो। जसअनुसार लिम्बुहरूको परम्परागत शासन व्यवस्था-थर, उपथर प्रणाली राख्न पाउने, भूमि किपट अनुसार जग्गा भोग गर्न पाउने, तोकिएको कर बुझाउनुपर्ने तर उनीहरूको स्वशासनमा हस्तक्षेप नगरिने, धार्मिक स्वतन्त्रता, सांस्कृतिक तथा परम्परागत अभ्यासलाई सम्मान गरिने, स्थानीय प्रशासन तथा मामिलामा आफ्नो परम्परागत सभ्य प्रणाली कायम राख्न पाउने र गोर्खा राज्यप्रति वफादार रहनुपर्ने निर्णय भएको थियो।
पाथिभरा देवी मन्दिर-
समुद्रको सतहबाट ३७९४ किलोमिटर उचाइमा रहेको नेपालको पूर्वी उत्तरी जिल्ला ताप्लेजुङमा पर्ने यो मन्दिर पाथिबरा चुलीको शिखरमा रहेको छ। ऐतिहासिक कालमा मुन्दुपलाई ज्ञान र दर्शन वा सिद्धान्तको रूपमा मान्ने , शक्ति पीठको थलोलाई नै पछि पाथिभरा देवी भनियो। किराँत मुन्दुम संस्कृति बाट परम्परागत पाथिभरा देवी किराँतहरूको आरध्य देवी हुन्।
किरात सभ्यतामा पाती भन्ने शब्दको अर्थ भरिने वा पुरा हुने भन्ने हुन्छ र भरा भनेको परिपूर्ण जनाउने शब्द हो। यसरी नै पाथिभरा भन्ने शब्दको पुरा गर्ने देवी भन्ने धारण पाइन्छ। यो मुन्धुम पाथिभरा किराँत हिमालको बीचको भाग स्थित किराँत मुन्दुम सभ्यता आधारित पाथेबारा देवी शक्तिमध्ये प्रमुख शक्ति पीठ हुन्। पाथिभरालाई देवीको साक्षत स्वरूप मानेर सुख र समृद्धिको कामना गर्दै देवीको दर्शन, पूजा आराधना गर्ने चलन छ।
किम्मदन्ती अनुसार-पाथिभरा देवीको उत्पत्ति गर्मीको याममा लेकमा वस्तु भाउहरू चराउने चलन हुन्छ, जसअनुसार लिम्बु समुदायका गोठालाहरूले भेडा गाई वस्तुहरू हराएपछि देवीको कृपा प्राप्त गर्न पूजा आराधना गरेका थिए। एक दिन वस्तुभावरका गोठालाहरूले देवीलाई बलि चढाउने क्रममा संयोगवश केही वस्तुभावहरूको बलि चढाइयो, जसकारण देवी प्रसन्न भइन् र उनीहरूका हराएका वस्तु भाउहरू फिर्ता गराइन्। त्यही दिनदेखि यस स्थानलाई सुन्नेमा, यलम्बो र प्रकृति पुजकको रुपमा पाथिभरा शक्तिदेवीको रूपमा मानियो।
पाथिभरा शक्ति पीठको देवीको पूजा गर्दा इच्छित वरदान प्राप्त हुने विश्वास गरिन्छ। यसरी वरदान दिने देवी पाथिभरा पार्वती थिइन् भन्ने भनाइ पनि पाइन्छ। यसै पवित्र ठाउँमा महादेव शिव पाउँ। भनी लामो समय आराधान र ध्यान गरेको हुँदा, त्यस स्थानलाई शक्तिको रूपमा वर्णन गरेको भनाइ पनि पाइन्छ।
विभिन्न भनाइ अनुसार किरात समुदायको मुन्दुप संस्कृतिबाट प्रेरित हुँदै पाथिभरा देवीको नाम रहेको हो। पाथिभरा मन्दिर परिसर जो कोहीले फोर, जुठा वस्तुहरू र अतिरिक्त क्रियाकलाप गर्न हुँदैन भन्ने भनाइ पनि पाइन्छ। मनमा पाप भएका मान्छे, असौच बसेको मान्छे, र गर्भवती महिलाले देवीको दर्शन गरेमा अनिष्ट हुन्छ भन्ने जनविश्वास पनि छ।
धार्मिक मान्यता अनुसार, पाथिभरा देवी ५१ शक्ति पीठहरूमध्ये एक प्रमुख पीठ हो। उनलाई शक्तिशाली दुर्गाको अवतारमा मानिन्छ। उनको दर्शन गर्नाले भक्तजनहरूका सबै इच्छासहित, सन्तान प्राप्ति, सुख शान्ति कामनाको लागि पूजा र आराधना गर्न नेपाल, भारत र भुटान लगायतका मानिसहरू आउने गर्दछन्। परम्परारूपमा यहाँ बलि चढाउने नचढाउने दुवै प्रथालाई सम्मान गरिएको छ।
ताप्लेजुङ सदरमुकामदेखि करिब १० कोष पूर्वोत्तर भागमा धानको पाती जस्तै चुलिएको पहाडमा देवी मन्दिर रहेको पाथिभरा पुग्नको लागि करिब ५ ६ घण्टा पैदल यात्रा तय गर्नुपर्छ। पहाडी भेगको लेख हुँदा बढी चिसोको कारण, आफूलाई चाहिने न्यानो कपडासहित जाँदा उपयुक्त हुन्छ। पैदल यात्रा गर्दा लिम्बु जातिहरूको परम्परा सांस्कृतिक र जीवन शैली बुझ्न पाइन्छ। पैदल यात्रामा प्रकृतिको विविधता हरेक किसिमका मनमोहक लालीगुराँसहरू, जैविक जडीबुटी र विभिन्न खालका पशु पंक्षीहरूको दृश्य अवलोकन गर्न पाइन्छ। यो तपभूमि प्राकृतिक रूपले सर्वश्रेष्ठ मानिएको छ। सोफा आकाशमा कञ्चनजङ्गा, मकालु लगायत ७ हिमालहरूको दृश्य देख्न पाइन्छ।
पाथिभरा देवी मन्दिरको दर्शन गर्न विशेष चैत्रे दशैं र ठूला दशैँमा भव्य मेला लाग्दछ। किराँत मुकुन्दुम सभ्यता पाथिभरा देवीको धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ।
अन्त्यमा-
धार्मिक र सामाजिक आस्थाका किराँत मुन्दुप सभ्यता प्राकृतिक पूजक हुन्। उनीहरूको मुकुमलुङ पवित्र संस्थाको रूपमा मान्नै आएको हुँदा, अहिलेको विवाद केवलकार निर्माणले यस पवित्र स्थलको मौलिकता सांस्कृतिक महत्त्वमा असर पर्ने चिन्ता स्थानीय तहमा स्वभाविक रुपमा देखिनु यथार्थ चित्रण हो।
उनीहरूले यसलाई धार्मिक र सांस्कृतिक पहिचानलाई जोडेका छन्। धेरै गुरासका रुखहरू कटान गरिएको हुँदा जसले वातावरणमा नराम्रो असर र प्रकृति मोहप्रति चिन्ता गरेका छन्। राज्य भनेको आमाबाबु जस्तै हो, त्यसैले स्थानीय सरकार र सम्बन्धित समुदाय सहकार्य र सहमति बेगर भावनालाई चोट पुर्याउने गरी गरिएको निर्माण योजना अनर्थ हुन्छ। त्यसकारण आमाबुबाको अर्थ रहँदैन, अनिष्ट हुन्छ। परियोजनाको पारदर्शिता र निर्णय सही नहुँदा विवाद बढ्दछ। पाथिभरा क्षेत्र अन्तर्गत रहने सबै समुदाय राज्यका परिवार हुन्, जसलाई सम्मान, इज्जत साथ सहकार्य गरेर मात्र समस्याहरूको समाधान खोज्नुपर्दछ।
अतः किरात सभ्यताको आधारमा रहेको मुकुलुम पाथिभरा दुर्गाशक्तिको पीठमा रहेको हुँदा, सम्पूर्ण आस्थाका भक्तजनहरूलाई कहाँ कसरी सुविधा हुन्छ, त्यसरी नै यस क्षेत्रलाई धार्मिक महत्वको साथसाथै, पर्यटकीय स्थल विकास रुपमा संसारभरि प्रचारप्रसार गर्न सके मुलुकको समृद्धि उन्नति, प्रगति हुनेछ।