
काठमाडौं । देशभर सुनको भाउले नयाँ रेकर्ड बनाउँदै साढे दुई लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार रुपैयाँले वृद्धि भएको हो। यो हालसम्मकै उच्च मूल्य हो।
बुधबार प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार थप महँगो बनेको हो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३२७५ रुपैयाँमा पुगेको छ। यसअघि मंगलबार चाँदीको मूल्य ३३२५ रुपैयाँसम्म पुगेको थियो।