स्वर्गद्वारी : धार्मिक तथा पर्यटकीय महत्व

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखक: दुर्गादत्त भुसाल (स्याङ्जा-भिरकोटे) ।

लुम्बिनी प्रदेश प्युठान जिल्ला साविक खाल,, गोठी बाङ र भिङ्री गरी चार गाविसहरू मिलाई बनेको नगरपालिकाहरूमध्ये एक धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा शान्त सुन्दरताले भरिपूर्ण रहेको स्वर्गद्वारी नगरपालिका हो। स्वर्गद्वारी सन्त र सतहबाट २११२मि.(६९६०फिट) को उचाइमा रहेको यो स्थान प्युठान जिल्लाको सदरमुकाम खलङ्गादेखि २६ किलोमिटर पश्चिममा अवस्थित छ।

स्वर्गद्वारी नामाकरणको सम्बन्धमा विभिन्न कथनहरू पाइन्छ। विशेष गरेर ऐतिहासिक कालमा पाँच पाण्डवहरूले उत्तरापन्थ यात्राको क्रममा यसै ठाउँमा आई यज्ञ गरेर स्वर्ग गएकाले यस ठाउँको नाम स्वर्गद्वारी रहन गएको भनाइ बढी प्रचलित छ। अर्को तर्क वैदिक कालमा ऋषिमुनिहरूले दैनिक रूपमा मादी र लुङ्ग्री नदीको संगम स्थल चतुर्भुज भन्ने स्थानमा स्नान गरी यस स्थानमा आई अनुष्ठान गर्दा स्वर्ग प्राप्त गर्न सकेको हुनाले यस ठाउँलाई स्वर्गद्वार शब्द अपभ्रंश भई स्वर्गद्वारी नाम रहेको भनाइ पनि पाइन्छ।, साथै अन्य वृद्धपाकाहरूको भनाइ अनुसार, यस स्थानलाई भित्री गुफाहरू (द्वारहरू) बाट आउने ध्वानी हो, जहाँ तपस्या गर्दा विशेष प्रकारको ध्वनि आइरहने हुँदा यसको नाम स्वर्गद्वारी रहन गयो।

स्वर्गद्वारीको धार्मिक इतिहास-
स्वर्गद्वारी हिन्दू धर्मवलम्बीहरूको महत्त्वपूर्ण धार्मिक स्थलको लागि पवित्र स्थलको रुपमा लिइन्छ। वैदिककालीन यज्ञको श्री विक्रम सम्वत १९१६ सालमा जन्मिएका बाल तपस्वी आफ्नो जन्मस्थान रोल्पा जिल्लाको रुन्ठी स्थान घोडी एकान्त र शान्त स्थलको खोजीमा स्वर्गद्वारी पुगि यज्ञ यज्ञादि गर्न पूर्व, त्यस ठाउँमा गाउँका किसानहरूले आफ्ना गाई भैंसीका गोठहरु राख्ने गर्दथे। त्यस स्थानमा यज्ञ यज्ञादि गर्ने गरिएको ठाउँ हो भनी किसानहरूसँग छलफल हुँदा, यसको प्रमाण के छ भनी सोधनी हुँदा बाल तपस्वी महाप्रभुले उक्त स्थानमा सानो खाडल खनी हलन गरेको चरुका अवशेष सँगै केही पूजा-पत्र समेत किसानहरूकै अगाडि देखाउन सफल भएपछि यस क्षेत्रको धार्मिक महत्व स्वीकारिएको थियो।

स्वर्गद्वारीको धार्मिक महत्व-
क -यज्ञस्थल-
विक्रम सम्वत १९५२ वैशाख पूर्णिमा देखि प्रारम्भ गरिएको विश्वकल्याणको कामना गरिएको यज्ञ थियो, जसअनुसार आश्रमको यज्ञ मण्डपको चार दिशा र चार उपतिषाहरू लाई आधार बनाई बनेका मन्दिर र मध्यभागलाई केही अग्लो छानो दि ई बनेको नौ मन्दिर जस्तो देखिने यज्ञ मण्डपमा भित्रपछि हेर्दा एउटै मन्दिरको रूप रहेको छ। यस मन्दिरमा याज्ञिक २१ जना ब्राह्मणहरूद्वारा यज्ञ मण्डपमा अष्टकोण मध्ये पूर्व कोठामा देवी पञ्चायन, उत्तरमा गणेश तथा शिव पञ्चायनको पूजा आराधना र चार दिशामा हवनकुण्डहरू, मध्य भागमा विश्वान्नको हवन र घृतधारा सम्पन्न गरिन्छ।

ख -गुरुकुल परम्परा-
हंस नन्दगिरी महाप्रभुले यस मन्दिरको स्थापना करिब १९५० को दशकतिर गरेका थिए। यसै विषय अन्तर्गत वैदिकशास्त्रको आवश्यकताले वैदिक संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तालाई परम्परागत ज्ञान र मूल्यहरू प्रदान गर्न विद्यार्थीहरूलाई संस्कृत भाषा, श्रीमद् भागवत पाठ, वेद पाठ, पुराण दर्शन र योग जस्ता विषयहरूमा ज्ञान प्रदान गर्नको लागि गुरुकुल स्कुलको व्यवस्था गरिएको छ, जहाँ सयौं विद्यार्थीहरूले वैदिक ज्ञान प्राप्त गर्दछन्। गुरुकुलको आर्थिक व्यवस्थापनमा पहिले समुदाय र भक्तजनहरूको दानबाट चलि आई पछि राज्यलाई हारग्वार गरेपछि आंशिक रुपमा अनुदान लिई निःशुल्क शिक्षा, निशुल्क आवास भोजन आदि चलिरहेको छ।

ग-तीर्थस्थल-
हिन्दू धर्मावलम्बीहरूको आस्थाका आधारमा वैदिक कालदेखि यज्ञ हवन गर्दै आएको हुनाले यस स्थानलाई उच्चतम कोटी पवित्र स्थलको रुपमा मानिन्छ। यहाँ विभिन्न पर्व तथा धार्मिक अनुष्ठानहरू आयोजना गरिन्छ।

घ-गुफा-
हंस नन्दन गिरी महाप्रभुको आवासलाई गुफा भनेर सम्बोधन गरिन्थ्यो। ब्रहमलिन भएपछि गुफाभित्रै समाधि स्थल गरी समाधिमाथि शिवलिङ्ग स्थापना, शिव पञ्चायनको विधिवत पूजा आराधना, रुद्रभिषेक, आरती, पुष्पाञ्जली गरिन्छ।

ङ-सिद्ध स्थान-
यस क्षेत्र परापूर्वकालदेखि नै सिद्ध महापुरुषहरूले ध्यान गर्ने तपोभूमि भएकाले त्यही ठाउँ, ध्यानबाट पत्ता लगाई हंशनन्द गिरी महाप्रभु ले वैदिक कर्म गरी बसेको ठाउँ भएकोले सिद्ध स्थान भनिएको भनाइ पाइन्छ। सिद्धहरूको क्षेत्र स्मरणको लागि आश्रम परिसर भन्दा माथिको डाँडालाई सिद्ध स्थान भनी पूजा गरिन्छ।

च-बाझ वृक्ष-
हंसनन्द गिरी महाप्रभु को आफ्नो पुरानो घर रोल्पा जिल्लाको साविक सकी गाउँ रुन्टिमा सञ्चालित यज्ञलाई पूर्णहुती गरी हिँडेका स्वरोजगारी पुग्दा त्यहाँ कुनै आश्रम स्थल नदेखी त्यही रहेको विशाल बाझको रुखमुनि पहिलो रात बिताई बसेको हुँदा यस रुख को ठूलो महिमा रहेको छ। भनिन्छ, श्रीमतीको मृत्यु पश्चात कवि शिरोमणि लेखनाथ पौडेल पनि त्यही बाझोको रूखको फेदमा बसी तरुण तपसीको कृति रचना गरेका थिए भन्ने भनाइ पनि रहेको छ।

छ-गौशाला-
ऐतिहासिक तपोभूमि स्वर्गद्वारीको गुरुकुल स्कुल र पूजाआजा गर्नको लागि दूध, घिउ र गहत चाहिने भएको हुँदा, जसको व्यवस्थापनको लागि २०० देखि ३०० सम्म गाई पालिँदै आएको छ।

ज-धर्मशाला-
नेपालका धेरै जिल्लाहरूबाट र विदेशहरूबाट आउने भक्तजनहरूको लागि खाना र बस्न बासको लागि धर्मशालाको व्यवस्था व्यवस्थित गरिएको छ।

स्वर्गद्वारीको पर्यटकीय महत्व-
क-प्राकृतिक सौन्दर्यता-
स्वर्गद्वारी एक्कासी ३० मिटरको उचाइमा रहेको छ। यो उच्चले भएको हुँदा हिमालयका हिम दृश्य, पहाडका नदीनाला, हरियाली वनजङ्गल, विभिन्न खालका जडीबुटी, पशु, गौशाला र अपूर्ण प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।

ख-ऐतिहासिक स्थल-
यस क्षेत्र धार्मिक स्थल मात्र नभई ऐतिहासिक धरोहरा पनि हो। जाडोको महिनामा सूर्यको झुल्के घाम र गर्मी महिनामा शीतल ध्यान केन्द्रित युवा गर्न शान्ति वातावरण भएको कारणले पनि देश विदेशबाट हजारौँ धार्मिक भक्तजनहरू आउने गर्दछन्।

ग-बटुवा गुफा-
यहाँका गुफाहरूमध्ये बटुवा गुफा निकै प्रसिद्ध मानिन्छ। विशेषगरी बटुवा गुफा भित्र पसेपछि लामो सुरुङ जस्तो अनुभव गर्न सकिन्छ। यहाँ विशेष गरेर प्राकृतिक आकृतिहरूको अवलोकन गर्न पाउँदा आनन्दित हुन पाइन्छ।

घ-स्वर्गद्वारी बाबाको समाधिस्थल-
यस क्षेत्रलाई विशिष्ट रूपमा पहिचान गराएको प्रमुख, स्वर्गद्वारी बाबाको समाधि स्थल हो, जहाँ स्वदेश तथा विदेशबाट आएका वैदिकधर्म बलम्बीहरूको रोजाई बनेको छ।

अन्त्यमा,
नेपालको लुम्बिनी प्रदेश प्युठान जिल्लाको स्वरद्वारी नगरपालिका अन्तर्गत अवस्थित धार्मिक प्रयुक्त स्थल, जहाँ महर्षी पुण्यधामले तपस्या गरेको अखण्ड अग्निकुण्ड, प्राकृतिक रूपमा समृद्ध, पूजा पद्धति, औ नित्य पूजा, विशेष पूजा, वैशाख पूर्णिमा, गुरु पूर्णिमा, नागपञ्चमी, श्रावण शुक्ल एकादशी, जनै पूर्णिमा, तीज, हिन्दुहरूको महान चाड बडा दशैं, तिहार, कार्तिक शुक्ल पूर्णिमा, मार्ग शुक्ल चतुर्दशी, मार्ग शुक्ल पूर्णिमा, माघे संक्रान्ति, शिवरात्री, दर्शनीय स्थलहरू, आदि पर्वहरूमा अत्यन्तै स्वदेशी तथा विदेशी भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।

यहाँ मर्सी योगीहरूको रोजाइमा प्राकृतिक रूपमा समृद्ध हरियाली वनजङ्गल शीतल वातावरण र सुन्दर पहाडी दृश्यले पर्यटकीय हिसाब मा महत्त्वपूर्ण मानिन्छ। यहाँ रहेका मठ मन्दिरहरू र धार्मिक गतिविधिले नेपाली संस्कृतिको झल्को दिइरहेको छ।

यस ठाउँ प्राकृतिक धरोहर वैदेशिक शिक्षा र ध्यान केन्द्रले गर्दा आकर्षण बढाएको छ। त्यसैले स्वर्गद्वारी एक प्रमुख धार्मिक तथा प्राकृतिक स्थल बनेको छ, जहाँ आध्यात्मिक, सांस्कृतिक र पर्यटनका दृष्टिले ठूलो सम्भावना बोकेको छ। यसलाई प्रवर्धन, संरक्षण र पूर्वाधारको लागि सम्पूर्ण नेपाली संघसंस्था राज्य ले व्यवस्थित गरी देशविदेशमा रgहनुभएका हिन्दू वैदिक धर्म बलाम्यहरुलाई प्रचार गरी भित्र्याउन सकेमा मुलुकको समृद्धि र पर्यटकीय महत्व रहनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्