
पोखरा । विश्वको सातौं अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) को पहिलो सफल आरोहणको ६५ वर्ष पूरा भएको अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पोखरामा मङ्गलबार “धौलागिरि पदयात्रा : समस्या, चुनौती र समाधान” शीर्षकमा अन्तरक्रिया कार्यक्रम गरेको छ।
सन् १९६० मा म्याक्स आइसेलिनको नेतृत्वमा स्विस-अस्ट्रियन-नेपाली टोलीले धौलागिरिको शिखर चुमेको ऐतिहासिक क्षणको सम्झनामा यो कार्यक्रमले गण्डकी प्रदेशमा साहसिक पर्यटनको सम्भावना र चुनौतीहरूलाई उजागर गरेको छ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य अन्तरक्रिया कार्यक्रम धौलागिरि क्षेत्रको पर्यटन प्रवर्द्धन र समस्याहरूको समाधान पहिचान गर्न आयोजना गरिएको बताए । उनले भने-‘गण्डकीका तीन प्रमुख हिमाल—धौलागिरि, अन्नपूर्ण र मनास्लुको आरोहण वर्षगाँठलाई हामी पर्यटन प्रवर्द्धनको अवसर बनाउँदैछौँ।’
गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले पर्यटकीय पूर्वाधार, सुरक्षा र प्रचारमा लगानी बढाउनुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशमा विश्वका १४ मध्ये तीन आठ हजार मिटर अग्ला हिमाल—धौलागिरि, मनास्लु र अन्नपूर्ण प्रथम अवस्थित छन्। सन् १९५० मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरी विश्वकै पहिलो आठ हजार मिटरमाथिको कीर्तिमान राखेका थिए, जसको ७५ औँ वर्षगाँठ आगामी जुनमा मनाइँदैछ।
कार्यक्रममा पर्यटनविद् समीर बरालले धौलागिरिलाई विश्वस्तरीय साहसिक गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा प्रस्तुत गरे। “पर्यटकीय पूर्वाधार र प्रभावकारी प्रचारप्रसारमा लगानी गर्न सके यो क्षेत्रले मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्छ,” उनले भने।
अन्नपूर्ण चक्रीय पदमार्गको लोकप्रियता घट्दै गएको वर्तमान अवस्थामा धौलागिरि चक्रीय पदमार्गलाई वैकल्पिक आकर्षक गन्तव्यको रूपमा विकसित गर्न सकिने उनको सुझाव थियो।
कार्यक्रममा धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि पूर्वाधारको अभाव, सुरक्षा व्यवस्थापनको कमजोरी र प्रचारप्रसारको कमी जस्ता चुनौतीहरू पहिचान गरिए। विशेषज्ञहरूले यी समस्याको समाधानका लागि सरकारी र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले भने गण्डकीका १३३ हिमालको प्रचारप्रसार अपर्याप्त छ। धौलागिरिमा विदेशी पर्वतारोहीलाई आकर्षित गर्न सकियो भने यहाँको अर्थतन्त्रले ठूलो फड्को मार्नेछ ।
धौलागिरि चक्रीय पदमार्गलाई विश्व बजारमा स्थापित गर्न डिजिटल प्रचार र स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको निष्कर्ष छलफलकाे छ ।
धौलागिरि चक्रीय पदमार्गलाई विश्व बजारमा चिनाउन डिजिटल प्रचार र स्थानीय समुदायमा आधारित पर्यटन मोडेल आवश्यक रहेको टान गण्डकीका सल्लाहकार केशवबहादुर थापाले बताएका छन्। यसले दिगो पर्यटनको विकासमा मद्दत गर्नेछ।
टान गण्डकीले गण्डकीका तीन प्रमुख हिमालको आरोहण वर्षगाँठलाई पर्यटन प्रवर्द्धनको अवसर बनाउँदै आएको छ। हालै मनास्लुको ६९ औँ आरोहण दिवस मनाउन टानको टोली गोरखा पुगेको थियो।
विशेषज्ञहरूले धौलागिरि क्षेत्रको साहसिक पर्यटनका लागि स्थानीय समुदायको सीमित सहभागिता र जलवायु परिवर्तनका प्रभावलाई पनि चुनौतीका रूपमा औंल्याए। यी समस्याको समाधानमा समन्वित प्रयासको खाँचो रहेको बताइयो।
टान गण्डकीका पूर्वाध्यक्ष धर्मराज पन्थीले भने हाम्रा हिमालको ऐतिहासिक महत्त्व विश्वसामु पुर्याउन सक्रिय प्रचार र पर्यटकमैत्री नीति चाहिन्छ। यो वर्षगाँठले त्यसको आधार तय गरेको छ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरिबहादुर भुजेलले धौलागिरिको पर्यटनलाई दिगो बनाउनका लागि स्थानीय समुदायलाई पर्यटनमा संलग्न गराउने तालिम र प्राविधिक सहयोगको महत्त्वलाई जोड दिएका छन्। उनले भने, ‘स्थानीय समुदायलाई पर्यटनमा समावेश गर्न आवश्यक तालिम र प्राविधिक सहयोग प्रदान गर्दा धौलागिरिको पर्यटन दिगो र समृद्ध बन्न सक्छ।’
पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङले धौलागिरिलाई साहसिक पर्यटकको केन्द्र बनाउन सुरक्षा र सुविधामा ध्यान दिनुपर्ने बताउँदै पर्वतारोहणका लागि यहाँ अपार सम्भावना रहेकाे उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका युवराज गुरुङले धौलागिरिको ब्रान्डिङका लागि डिजिटल मार्केटिङ र एकीकृत प्रवर्द्धन अत्यावश्यक छ, जसले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सक्ने बताए।
होटल संघ (ओटेफ) की अध्यक्ष उमा रेग्मी भण्डारीले पर्यटकको बसाइ लम्ब्याउन गुणस्तरीय आवास र आतिथ्य सेवा विस्तार गर्नुपर्ने बताईन् । यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उनकाे विश्वास छ ।
कार्यक्रममा धौलागिरिलाई विश्वस्तरीय गन्तव्य बनाउन वातावरणमैत्री पूर्वाधार र प्राविधिक तालिम जस्ता सुझाव प्रस्तुत गरिए। धौलागिरिको यो ६५ औँ वर्षगाँठले गण्डकीको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न थप बल प्रदान गरेको छ।
अन्तरक्रियामा स्थानीय समुदायमा आधारित दिगो पर्यटन मोडेल र डिजिटल प्रचारलाई जोड दिइयो। धौलागिरि क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउन गुणस्तरीय आवासको आवश्यकता पनि औंल्याइयो।
यो गोष्ठीले धौलागिरिको ऐतिहासिक आरोहणको स्मरण गर्नुका साथै गण्डकी प्रदेशलाई साहसिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बनाउने दृष्टिकोणलाई अगाडि बढाएको छ।
विशेषज्ञहरूले धौलागिरि क्षेत्रको साहसिक पर्यटन विकासका लागि निम्न चुनौतीहरू पहिचान गरे:
– पर्याप्त पूर्वाधारको अभाव
– सुरक्षा व्यवस्थाको कमजोरी
– अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारको कमी
– स्थानीय समुदायको सीमित सहभागिता
– जलवायु परिवर्तनको प्रतिकूल प्रभाव
यी चुनौतीहरूको सम्बोधनका लागि सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदायको समन्वित प्रयास आवश्यक रहेको निष्कर्ष निकालियो। विशेषगरी पूर्वाधार विकास, प्रचारप्रसार रणनीति र स्थानीय समुदायको क्षमता अभिवृद्धिमा लगानी बढाउनुपर्ने सुझाव दिइयो।
टान गण्डकीले गण्डकी प्रदेशका तीन प्रमुख हिमाल—धौलागिरि, अन्नपूर्ण प्रथम र मनास्लुको आरोहण वर्षगाँठहरूलाई पर्यटन प्रवर्द्धनको अवसरका रूपमा उपयोग गर्दै आएको छ। हालै मनास्लुको आरोहण दिवस मनाउन टान गण्डकीको टोली गोरखा पुगेको थियो। धौलागिरिको यस ६५ औँ वर्षगाँठ समारोहले पनि गण्डकी प्रदेशको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने प्रयासलाई थप बल प्रदान गरेको छ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित विज्ञहरूले धौलागिरि क्षेत्रलाई विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न निम्न सुझावहरू प्रस्तुत गरे:
– धौलागिरि चक्रीय पदमार्गको समग्र विकास र सघन प्रवर्द्धन
– स्थानीय समुदायमा आधारित दिगो पर्यटन मोडेलको कार्यान्वयन
– अत्याधुनिक डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार
– वातावरणमैत्री पर्यटकीय पूर्वाधारको निर्माण
– साहसिक पर्यटनसँग सम्बन्धित प्राविधिक तालिम र प्रशिक्षणको व्यवस्था
यस विचार गोष्ठीले धौलागिरिको ऐतिहासिक आरोहणको गौरवपूर्ण स्मरण गर्नुका साथै गण्डकी प्रदेशलाई साहसिक पर्यटनको प्रमुख अन्तर्राष्ट्रिय केन्द्र बनाउने दूरदृष्टिलाई अगाडि बढाएको छ।
सन् १९६० मा सुरु भएको धौलागिरिको आरोहण यात्रालाई एकाइसौँ शताब्दीमा नयाँ उचाइमा पुर्याउने दृढ संकल्पका साथ यो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।