काठमाडौं । छठ पर्वको अवसरमा सरकारले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै २०८३ साल कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा हुने जनाएको हो।
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ।










