पोखराको जिरो किलोमिटरमा स्कुटर बोलेरोमा ठोक्किँदा दुई युवकको मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा ।

पोखरा महानगरपालिका–५ जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

लु ३ च ५२७४ नम्बरको बोलेरो जिपको पछाडिबाट ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा स्कुटर चालक र पछाडि सवार दुवै जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका–९ दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ बस्ने २६ वर्षीय मोहन परियार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बोलेरो चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्