चोलेन्द्रले नाम लिएका व्यक्तिसँग समितिले छलफल गर्दै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । संसदीय समितिमा निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा नाम लिएका व्यक्तिहरुसँग समितिले आज छलफल गर्ने भएको छ।

महाअभियोग सिफारिस समितिको बैठक आज १० बजेका लागि बोलाइएको छ।

समितिले न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग आज छुट्टाछुट्टै समय दिएर छलफल गर्ने छ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, न्यायधिश, पूर्वन्यायधिश लगायतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्