साना किसानको सेवा प्रवाह सम्वन्धि अन्तरक्रिया 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

साना किसान सहकारी संस्था लिमिटेडको आयोजनामा संस्था संचालन तथा सेवा व्यवस्थापन सम्बन्धि एक  दिने अन्तरक्रियात्मक कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सहकारी संस्थाहरुमा समस्या आउनुको प्रमुख कारण शेयर सदस्यको वेवास्ता भएको बताए । उनले यत्ति ठुलो शेयर सदस्य भएको साना किसान संहकारी सस्थाको व्यवस्थापन पक्ष सवल हुनुका साथै शेयर सदस्य चनाखो भएकाले पनि संस्थाले शेयर सदस्यमुखि सेवा दिन सकेको उल्लेख गरे ।

सहकारीको सेवा प्रवाहका विषयका केन्द्रित छलफल कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ , राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेमबहादुर पाठक,राष्ट्रिय सहकारी महासंघका संचालक समिति सदस्य कमला कुमारी सुबेदी,साना किसान विकास लघुवित्त वित्तीय सस्था लीका प्रवन्धक विदुर अर्याल ,कर्मचारीहरु थमन कालाभोकी र किशाेर अधिकारी लगायत कास्की जिल्ला स्थित साना किसान सहकारी संस्था लिमिटेडका विभिन्न शाखा र केन्द्रका अध्यक्ष, संचालकहरु ,लेखा समितिका पदाधिकारीहरु, अन्तर समुहका अध्यक्ष तथा कर्मचारी गरी २०० जना सहभागी रहेको थियाे ।

कास्की जिल्ला स्तरीय कार्यसम्पादन सल्लाहकार समुहका संयोजक एवं साना किसान सहकारी संस्था भरतपोखरीका अध्यक्ष रामजीप्रसाद अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत कमला कुमारी सुवेदी  र  संचालन महिला साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक इन्द्रा कुमारी थापाले कार्यक्रम गरेकी थिईन्  ।

साना किसान सहकारी संस्था अन्तर्गत कास्की जिल्लाभित्र सराङ्गकोट,लाहाचोक, धिताल, अर्मला, पुरुन्चौर,थुमाको डाडा,वेगनास,माझठाना,पार्चे,भरतपोखरी, निर्मलपोखरी, रुपाकोट, अन्नपूर्ण गाउँपालिका लगायतमा सस्थाका विभिन्न इकाई मार्फत सेवा प्रदान गरिदै आएको साना किसान सहकारी संस्थाको कर्मचारी नारायणी गौतमले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्