गौरीशंकर आधारभुत विद्यालयमा सबै सुविधा निशुल्क, मन्टेश्वरी तवरबाट शिक्षण सिकाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पोखरा २५ मा रहेको गौरीशंकर आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई सबै सुविधाहरु निशुल्क दिईने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षकहरू लागि पर्ने र बालमैत्री कक्षाकोठामा प्रशस्त शैक्षिक तथा खेलकुद सामाग्री तथा विद्यार्थीहरूलाई सम्पूर्ण सिकाईका सामाग्रीहरु निशुल्क उपलब्ध गराउने भएको हो । साथै आगामी शैक्षिक सत्रदेखि विद्यालयमा मन्टेश्वरी तवरबाट शिक्षण सिकाई गरिनेछ ।

शनिवार विद्यालय व्यवस्थापन समिति, वडाका प्रतिनिधि तथा विष्णुपादुका टोल विकास संस्थाको संयुक्त वैठकले शिक्षक तथा विद्यार्थीको अनुशासनमा विशेष जोड दिने, विद्यालयको भौतिक स्तर सुधार्ने, विद्यार्थी संख्या बढाउन घरदैलो कार्यक्रम गर्ने, बेला–बेलामा शिक्षक अभिभावक बैठकहरू बोलाउने, विद्यालय स्तरीय कार्यक्रममा बालबालिकालाई सहभागी गराउने निर्णय गरेको छ । जसको निशिक्षणका लागि टोल विकास संस्था र अन्य दातृ संस्था निरिक्षणमा जान समेत वैठकको निर्णय छ ।

वैठकमा पोखरा महानगरपालिका –२५ वडा सदस्य तारा विश्वकर्मा र विष्णुपादुका टोल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका निम्ति हर किसिमको सहयोग गर्ने प्रतिबद्धता गरे ।

अहिले आवश्यक खेलकुद सामाग्री र लाईब्रेरीको लागि बुकसेल्फ टोल विकासले उपलब्ध गराउने र कक्षाकोठामा राखिने कार्पेट र अन्य सामानका निम्ति विभिन्न संस्थाहरूसँग टोल विकास संस्थाले समन्वय गरि उपलब्ध गराउने अध्यक्ष श्रेष्ठको प्रतिवद्धता छ ।

वैठकमा वडाबाट उपलब्ध ७० हजार रकमले विद्यालयको टिन फेरिने र सामाजिक मन्त्रालयबाट उपलब्ध हुने १ लाख ५०हजार रुपैयाँले विद्यालय पछाडि कम्पाउन्ड गरिने विद्यालय व्यवस्थापन अध्यक्ष नारायण बहादुर कुँवरले जानकारी दिए ।

विद्यालय व्यवस्थापन अध्यक्ष नारायण बहादुर कुँवरको अध्यक्षतामा बसेको वैठकको सञ्चालन विद्यालयका प्र.अ डिल्लीराम तिम्सिनाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्