पोखरा ।
क्षत्री समाज नेपालको चौंथो केन्द्रीय महाधिवेशन आज आईतवारदेखि शुरु हुदैछ । तनहुँको दमौलीमा हुने महाधिवेशन भोलिसम्म चल्नेछ ।
महाधिवेशनको पहिलो दिन आज दमौली बजारमा सारुन नाच, सांस्कृतिक प्रस्तुती सहितको र्याली निकालिनेछ ।
दमौलीको खुल्ला मैदानमा उद्घाटन शत्र, बन्द शत्र र नेतृत्व परिवर्तनका लागि निर्वाचन कार्यक्रम गरिने क्षत्री समाज नेपालका महासचिव केशबहादुर केसीले जानकारी दिए ।
महाधिवेशन लागि वर्तमान केन्द्रीय कार्यसमिति आयोजक समिति रही स्थानीय आयोजक व्यवस्थापनका लागि तनहूँ जिल्ला समिति मातहत विभिन्न उप–समितिहरु गठन गरिएको आयोजकले जनाएको छ ।
‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल मन्त्रसहित वि.सं. २०५३ देखि आम खस क्षत्रीहरुको साझा संस्थाको रुपमा क्षत्री समाज नेपाल निरन्तर सकृय रहँदै आएको क्षेत्री समाजका अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्रीको भनाई छ ।
क्षत्री समाज नेपालले स्थापनादेखि पोखरामा केन्द्रीय कार्यालय रही देशभर समाजको समितिहरु निर्माण अन्तर्गत केन्द्र, विभिन्न समाजहरु प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरसम्म समाजको गतिविधिलाई अगाडि बढाइरहेको छ ।