इक्यान कास्कीकाे शैक्षिक बहस आज

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

विगतका वर्षहरुमा शैक्षिक मेला आयोजना गर्दै आइरहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीकाे शैक्षिक बहस कार्यक्रम आज  हुदैछ ।

विगतका वर्षहरुमा इक्यान मेला गर्दै आएकाे इक्यानले याे पट राष्ट्र निर्माणका लागि अन्तराष्ट्रिय शिक्षा (Global Education for Buildingthe Nation) सम्वन्धी थिममा रहेर ‘इडियु थ्री सिक्स्टी’ (EDU360) वहसमुलक कार्यक्रम गर्ने भएकाे हाे ।

दिउँसाे १ वजे  सिटी स्क्वायर वेक्युटमा शुरु हुने कार्यक्रमकाे प्रमुख वक्ता महानायक, मोटिभेटर तथा बौद्धिक व्यक्तिकाे रुपमा राजेश हमाल रहेका छन् । उनले राष्ट्र निर्माणका लागि विश्व शिक्षा (Global Education for Buildingthe Nation) विषयमा ३० मिनेट आफ्नाे भनाई राख्नेछन् ।

यसअघि कार्यक्रममा दुई ओटा सेसन हुने आयोजक इक्यान कास्कीका अध्यक्ष रमेश थापाले बताए । उनका अनुसार पहिलो सेसनमा Study Abroad: Making an Impact Beyond Borders विषयमा प्यानालिष्टहरु गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारी, पाेखरा विश्वविद्यालयका  प्राेफेसर डा. दिपक बहादुर भण्डारी,  इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन पत्रकार केशवशरण लामिछानेले सहजीकरण गर्नेछन् ।

यसैगरी  दोश्रो सेसन Policy Reforms in the Education Systems:  Navigating Challenges and Fostering Innovation विषयमा प्यानालिष्टहरु सांसद मनबहादुर गुरुङ, प्रदेश सांसद सरस्वती गुरुङ, विज्ञान तथा प्रविधि प्रतिष्ठान गण्डकी प्रदेशका कार्यकारी  निर्देशक (जिपास्ट) ढाकाराम भण्डारी रहनेछन भने पत्रकार जगदिश खरेलले सहजीकरण गर्नेछन् ।

ग्लोवल एजुकेशन सम्बन्धी यहाँका शिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालारु विच स्वस्थ छलफल गर्ने कार्यक्रमको उद्देश्य रहेको थापाकाे भनाई छ ।

विश्व बजारमा शिक्षा सम्बन्धी भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशीनुको कारण, गुणस्तरीय शिक्षाको लागि आवश्यक नीतिनिर्माण सम्बन्धी छलफल हुनेछ साथै विदेशमा अध्ययन गरेर नेपाल फर्किएर उनीहरुले गरेका योगदान सम्वन्धी बहस पनि हुनेछ ।

गुणस्तरीय शिक्षा सम्वन्धी बहसको लागि एउटा इनोभेटिभ कार्यक्रम बन्ने आयोजकको विश्वास छ ।

परामर्श व्यवसायीहरुको अतिरिक्त यस कार्यक्रममा विद्यार्थी, अभिभावक यस क्षेत्रसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरुको उपस्थिति हुने आयोजकले जनाएको छ ।

आयोजकले कार्यक्रम मार्फत बैदेशिक अध्ययनको सकारात्मक प्रभाव बुझाउने कोशिस गर्ने बताएको छ ।

व्रिटिस काउन्सिलकाे टाइटल स्पोसरमा रहेको इडियु थ्री सिक्स्टी (EDU360) कार्यक्रममा अमेरिका स्थित वेवस्टर युनिभर्सिटि (Webster University), एसोसिएट स्पोन्सर रहेको छ भने मुख्य प्रायोजक जि एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट (G&K International Education Consultant) रहेको छ । त्यसैगरि प्रायोजकहरुमा एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज (Expert Education & Visa Services, मिराकल इन्सिच्युड (Miracle Institute), राेवुष्ट एजुकेशन (Robust Education) र  जे कार्ट (J-Cert) रहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्