इक्यानकाे शैक्षिक बहस:वास्तविकता बुझेर दीर्घकालिन साेच राख्न हमालकाे सुझाव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले शुक्रवार शैक्षिक बहस सम्पन्न गरेकाे छ ।

विगतका वर्षहरुमा शैक्षिक मेला गर्दै आएकाे इक्यानले याे वर्ष राष्ट्र निर्माणका लागि अन्तराष्ट्रिय शिक्षा (Global Education for Buildingthe Nation) सम्वन्धी थिममा रहेर ‘इडियु थ्री सिक्स्टी’ (EDU360) नामक वहसमुलक कार्यक्रम गरेकाे हाे ।

कार्यक्रमका प्रमुख वक्ता महानायक, मोटिभेटर तथा बौद्धिक व्यक्तित्व राजेश हमालले राष्ट्र निर्माणका लागि विश्व शिक्षा (Global Education for Buildingthe Nation) थिममा आफ्ना विचार राखे ।

उनले आफ्नाे वैदेशिक अध्यनकाे अनुभव सुनाउँदै राष्ट्र निर्माणमा शिक्षा नै महत्वपूर्ण भएकाे बताए ।

महानायक हमालले डाक्टर, पाइलट, इन्जिनियर लगायतका विषय विदेशमा अध्ययन गरि स्वदेश फर्किएर सेवा गरेकाे उदाहरण दिदै वैदेशिक अध्ययनकाे वास्तविकता पहिचान गरी दीर्घकालिन साेच राख्न सुझाव दिए ।

 उनले वैदेशिक शिक्षामा बढ्दाे आकर्षण राेक्ने आदर्शका कुरा गरेजस्ताे व्यवहारमा लागू गर्न कठिन हुने बताउँदै नेपालीहरु वैदेशिक अध्ययनमा अहिले मात्र नभएर पहिलाे पुस्तादेखि नै जाने गरेकाे बताए । संख्यात्मक रुपमा अहिले बढी देखिएपनि वैदेशिक अध्ययनकाे ट्रेन पहिले नै भएकाे उनकाे भनाई छ ।

हमालले वैदेशिक अध्ययनमा गएकालाई स्वदेश फर्काउन बनाउने वातावरण वा नीति नियम कुनै जादुकाे छडी नभएकाे हुनाले यसकाे लागि नयाँ आउने परिस्थितिलाई कसरी सम्वाेधन गर्न सकिन्छ भन्नेतर्फ जाेड दिनुपर्ने बताए । वेटर लाइफकाे लागि अवसर पाएमा जाे पनि विदेशमा जाने उनकाे भनाई छ ।

यसअघि कार्यक्रममा दुई ओटा सेसनमा फरक फरक विषयमा  वहस पैरवी भएकाे थियाे ।

पहिलो सेसनमा ‘वैदेशिक शिक्षाले विश्वमा पारिरहेकाे प्रभाव (Study Abroad: Making an Impact Beyond Borders)’ विषयमा प्यानालिष्टहरु गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारी, पाेखरा विश्वविद्यालयका  रजिष्ट्रार डा. दिपक भण्डारी,  इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईसँग पत्रकार केशवशरण लामिछाने सहजीकरण गरे ।

सेसनमा प्यानालिष्टहरुले विदेशमा आफूहरुले विदेशमा अध्ययन गरेकाे अनुभवहरुलाई साझा गर्दै शिक्षामा नीतिगत सुधारकाे खाँचाे आैल्याए ।

यसैगरी ‘शिक्षामा नीतिगत सुधारकाे गन्तव्य पहिचान तथा नयाँ आयामकाे खाेजी (Policy Reforms in the Education Systems:  Navigating Challenges and Fostering Innovation) विषयक दाेस्राे सेसनमा प्यानालिष्टहरु प्रतिनिधि  सभा सदस्य मनबहादुर गुरुङ, प्रदेश सभा सदस्य गण्डकीका सरस्वती गुरुङ, विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) गण्डकी प्रदेशका कार्यकारी  निर्देशक ढाकाराम भण्डारीसँग सञ्चारकर्मी जगदिश खरेलले सहजीकरण गरे ।

सेसनमा राजनीतिज्ञहरुले नेपाल र नेपालीकाे हितका लागि नीति निर्माणमा कुनै कसुर बाँकी नराख्ने बताए ।

ग्लोवल एजुकेशन सम्बन्धी यहाँका शिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु विच स्वस्थ छलफल गर्ने उद्देश्यले आयाेजना गरिएकाे कार्यक्रम फलदायी भएकाे इक्यान कास्कीका अध्यक्ष  रमेश थापाले बताए ।

कार्यक्रम मार्फत बैदेशिक अध्ययनको सकारात्मक प्रभाव बुझाउने कोशिस गरेकाे इक्यान कास्कीका उपाध्यक्ष तथा कार्यक्रम संयाजक सन्ताेष शाहीले बताए ।

कार्यक्रम सञ्चालक तथा इक्यान कास्कीका सचिव कमल बरालले गुणस्तरीय शिक्षा सम्वन्धी बहसको लागि इडियु थ्री सिक्स्टी ( EDU 360) इनोभेटिभ कार्यक्रम बन्ने विश्वास व्यक्त गरे ।

परामर्श व्यवसायीहरुको अतिरिक्त यस कार्यक्रममा विद्यार्थी, अभिभावक यस क्षेत्रसँग सरोकार राख्ने २०० भन्दा बढीकाे उपस्थिति रहेकाे थियाे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्