क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्कीले शुक्रवार क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान गरेको छ ।
नयाँ वर्ष २०८१ सालको क्यालेण्डर विमोचन तथा २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यबहादुर खड्का विखर्चीले क्षत्रीहरु एक हुनुपर्ने बताए । साथै उनले आगामी दिनमा क्षत्री समाजको विकासका लागि सधैं सहयोग गर्ने बचन दिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष पदमबहादुर कार्की, क्यालेण्डर संयोजक अर्चना बस्नेत, सराङकोट एफएमका अध्यक्ष कृष्णबहादुर थापा, गंगा के.सीले शुभकामना मन्त्व्य राखेक थिए ।

कार्यक्रममा समितिका कोषाध्यक्ष सन्दिप थापा, सहसचिव रेणु थापा जिसी,सचिवालय सदस्य गणेशबहादुर कुँवर, पूर्व केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर थापा पूर्व केन्द्रिय कोषाध्यक्ष रिवबहादुर थापा, जिल्ला महिला उपाध्यक्ष चेतकुमारी थापा, क्यालेण्डर समितिका सदस्य सन्दिप थापा, राजेन्द्र पराजुली, रमनबहदुर बस्नेत, शिवबहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो ।

 

क्षेत्री समाज नेपाल कास्कीका अध्यक्ष दिलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष दानबहादुर बस्नेत र सञ्चालन सचिव भरत थापाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्