पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री ओली चीनतर्फको नाकातिर भ्रमणमा निस्के

  • ख-
  • ख+

प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीको सत्तामाथि खड्को आइरहँदा उनी भने चीनतर्फको नाकामा जाँदैछन् । ओली आज किमाथांका नाकामा जान लागेका हुन् ।

हेलिकोप्टरबाट संखुवासभाबाट किमाथांका नाकामा जाने तय भएको हो । चीनसँगको उक्त नाका रणनीतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

प्रधानमन्त्री ओली आज बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग जोडिएको संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका पुगिसकेका छन् ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशुराम मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमसहितको टोलीसहित किमाथांका नाका निरीक्षण गर्न गएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमन गरी राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको समेत अनुगमन गर्न च्याम्ताङ पुग्ने संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।

यस्तै ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको ड्याम साइड निरीक्षण गर्न पनि कार्यक्रम रहेको छ । यस्तै फ्याक्सिन्दामा प्रधानमन्त्री ओलीले जिल्लाका नेता कार्यकता, जनप्रतिनिधि र स्थानीयसँग भेटघाट तथा छलफल कार्यक्रम गर्ने र आजै दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको सांसद राजेन्द्र गौतमले जानकारी दिए ।

छैनन् विशेष कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपल्ट मृगौला प्रत्यारोपण गरेपछि पहिलोपल्ट उपत्यका बाहिरको भ्रमणमा निस्किएका हुन् । केहि आयोजना अनुमन र जनप्रतिनिधिसँगको भेटघाट भए पनि यो विशेष गरी भ्रमण नै रहेको स्रोतले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टीभित्र बिहिबार प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । उनले हिजो बालुवाटार पुगी ओलीलाई समेत बैठकमा आउन भनेका छन् । तर, ओली भने आज चीनतर्फको नाकामा पुग्दैछन् । पार्टीभित्र ओलीविरुद्ध घेराबन्दी बढ्दै गएको छ । कुनैपनि बेला ओलीइतर समूहले कठोर कदम चालेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्