पाेखरामा झण्डा दिवस मनाईयाे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नयाँ वर्ष २०८१ काे अवसरमा शुभकामना आदानप्रदानसहित पाेखरामा झण्डा दिवस मनाईएकाे छ ।

राष्ट्र,राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका लागि ‘नयाँ वर्ष नयाँ काम, राष्ट्रिय झण्डा दिवस मनाम’ भन्ने  मुल नारा सहित पोखरामा झण्डा दिवस मनाइएको हाे ।

 परिवर्तनका लागि हामी अभियान नेपालका संयाेजक नपीन श्रेष्ठ, जनता जनार्दन अभियान नेपालका संयोजक शिवराज बस्ताकोटी (शिवदाइ),  वागेस्वरी असल शासन क्लव ( बास) कास्कीको अध्यक्ष रवि भण्डारीकाे संयुक्त आयोजनामा   झण्डा दिवस मनाइएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेष्ट एफ एमका प्रमुख  दिपेन्द्र श्रेष्ठले नयाँ वर्षको शुभकामना दिदै राष्ट्रिय झण्डाको बारेमा प्रकाश पारे ।

 राष्ट्रिय एकताको पहिचान भएको राष्ट्रको स्वाभिमान भनेकै राष्ट्रिय झण्डा रहेको बताउँदै उनले विश्वकै राष्ट्रहरुका राष्ट्रिय झण्डा मध्येमा नेपालको राष्ट्रिय झण्डा  फरक आकर्षक रहेको बताए ।

  कार्यक्रममा वातावरण सरक्षणका लागि महा अभियान कास्की संयोजक रामवहादुर पौडेल, नागरिक समाज कास्कीका अध्यक्ष विष्णुहरि अधिकारी,  जिरो किमि अभियान महिला समूहकी संयाेजक लक्ष्मी शर्मा लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्य, घर वहाल सरोकार महासंघका गण्डकी प्रदेश अध्यक्ष कमल न्यौपाने, वडा नम्वर ५ सदस्य वडा सदस्य गोविन्द पराजुली रेडियाे सार्थक ८९.१ मेगाहर्जका कार्यकारी निर्देशक तिर्थ के.सी. लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अभियानकर्मी हरुको उपस्थिती रहेको थियो ।

 कार्यक्रम पोखराको जिरो किमी बाट झण्डा सहित शुरु भई  सिर्जनाचोक हुदै सभागृहमा पुगि समापन गरिएको थियो।

 कार्यक्रमका जनता जनार्दन अभियान नेपालका संयोजक शिवराज बस्ताकोटी (शिवदाइ) को अध्यक्षतामा भएको थियो भने कार्यक्रम परिवर्तनका  लागि हामी अभियान नेपालका संयोजक नविन श्रेष्ठले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्