पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ ।
जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।
स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अन्ततः निधन भएको साहित्यकार रुपिन्द्र प्रभावी कटुले जानकारी दिए ।
कास्कीको रुपा गाउँपालिका वडा ५ निवासी ७० वर्षीय प्रकट पगेनी ‘शिव’ सिद्धहस्त गजलकार थिए । उनका गीत र गजलका कृति प्रकाशित छन् ।
उनको बुधबार अन्त्येष्टि हुने परिवारजनले जनाएको छ ।