सम्पदा संरक्षण सम्मानबाट सुनिल उलक सम्मानित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सम्पदा संरक्षण सम्मानबाट सुनिल उलक सम्मानित भएका छन् ।  पुराना र ऐतिहासिक एवं विभिन्न सम्पदाका फोटोहरु संकलन र संरक्षण गरेर सम्पदा संरक्षणमा योगदान दिएको भन्दै उलकलाई नागरिक समाज पोखराले सम्मान गरेकाे हाे ।

सम्पदा सरक्षण दिवशकाे अवसरमा विहिवार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उलकलाई  दोसल्ला, माला र सम्मान पत्रले सम्मान गरे ।

 कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले उम्मानित व्यक्तित्व सुनिल उलक नेपालको सम्पत्ति भएको बताए ।

उनले सम्पदा संरक्षण दिवशमा संरक्षणकै लागि महत्वपूर्ण योगदान दिएको व्यक्तिलाई सम्मान गरेकामा आयोजक संस्था प्रति आभार प्रकट गरे ।

सम्मानित व्यक्तित्व सुनिल उलकले सम्मानले आफूलाई उर्जा मिलेको भन्दै आफ्नो कामलाई निरन्तरता दिने बताए ।

पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले पोखराको बजारको सुभारम्भव स्थल एवं सम्पदाले भरिपूर्ण स्थलमा गरिएको सम्मान कार्यक्रमले वडाको गरिमा बढाएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधान, प्रदेश संग्रहालय पोखराका प्रमुख करुणा राई र पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

नागरिक समाज कास्कीका संयोजक विष्णुहरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक अगुवा एवं नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर पौडेलले सम्मानित व्यक्तित्वका चर्चा गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्