इन्फिनिटीमा समूह गाेष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले समूह गाेष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

 पाेखरा महानगरपालिका २९ तालचोकमा रहेकाे शाखा कार्यालयले संस्थामा आवद्व समूहका प्रमुख तथा प्रतिनिधिहरुकाे लागि समूह गाेष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि वित्तीय संस्था पोखराका अनुगमन अधिकृत अमृत लामिछानेले संस्थाको संरचना, दृष्टिकोण, प्रगति, सञ्चालन प्रकृया, बचत तथा कर्जाकाे फाईदा वेफाईदा, कर्जा सुचना केन्द्र, इन्फिनिटी डिजिटल बैङकिङ, मिस्कल बैङ्किङ तथा कालो सुची लगायतका विषयमा जानकारी गराए ।

कार्यक्रम सञ्चालन गर्दै शाखा प्रवन्धक भुजलाल पौडेलले  शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

बुधवार भएकाे कार्यक्रममा संस्थाका १३० वटा समूहमध्ये ३ वटा समूहलाई वार्षिक मुल्याङकको आधारमा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट सफल व्यवसायी सिमा गुरुङलाई सम्मान गरिएकाे थियो ।

समूह नम्वर ७१ काे समूह प्रमुख विष्णु तामाङको अध्यक्षतामा भएकाे कार्यक्रममा शाखामा कार्यरत कर्मचारी इन्दिरा थापा मगरले स्वागत गरेकी थिईन् भने कार्यक्रममा संस्थामा आवद्व समूहका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्