
तनहुँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था भिमाद शाखाले समूहका सदस्यहरुको लागि समूह गाेष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकाे छ ।
आर्थिक कारोबारसँग गाँसिएका नगद तथा जिन्सीको आदान-प्रदानलाई आवश्यकताअनुसार व्यवस्थित गर्दै सुरक्षित, भरपर्दाे र लाभदायक बनाउने कला सिकाउने उद्देश्यले संस्थाले वित्तीय साक्षरता कार्यक्रम सञ्चान गरेकाे हाे
इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालयको सहजीकरण र तनहु भिमाद शाखाको आयोजनामा तनहु भिमादमा कार्यक्रम सम्पन्न भएको हो ।
गोष्ठीको सहजीकरण गर्दै वित्तीय संस्था पाेखराका अनुगमन विभाग अधिकृत अमृत लामिछानेले वित्तीय संस्थामा कारोवार गर्दा हुने फाइदाहरु, बचत तथा कर्जाकाे विषय, वित्तीय संस्थाको संरचना, वित्तीय संस्थाले गर्ने कार्यहरु,संस्थाको मोवाइल बैङकिङ सेवा साथै संस्थाले उपलब्ध गराएका सेवा सुविधा सम्वन्धमा समुहका सदस्यलाई जानकारी गराए ।
उनले पछिल्लो समय केहि व्यक्ति समुहले वित्तीय संस्थाप्रति नकारात्मक भ्रम फैलाईरहेकोले भ्रमकाे पछि नलाग्न सबैलाई अनुराेध गरे ।
आफनो नाममा ऋण निकालेर अरुलाई दिने,ऋण लिएर सहि ठाउमा प्रयोग नगर्ने र पछि संस्थालाई दोष दिने भएकाले यसमा समुह सदस्यसँग वित्तीय साक्षरताको ज्ञान हुन आवश्यक रहेको उनकाे भनाई छ ।
त्यस्तै कार्यक्रम भिमाद नगरपालिकाका वडा नं ६ का अध्यक्ष श्याम सुन्दर जोसीले वित्तीय संस्थाबाट लिएको कर्जालाई सहि सदुपयोग गर्दा राम्रो लाभ हुने र वित्तीय संस्थाबाट कारोवार गर्दा राम्रो संग बुझेर मात्र। कारोवार गर्नु पर्ने बताए ।
कार्यक्रममा संस्थाकाे शाखा प्रवन्धक रीता मैनालीले शाखाको प्रगति विवरण प्रस्तुत गरेकि थिईन् भने कार्यक्रममा उत्कृष्ट तिन समूहलाई पुरस्कृत र उत्कृष्ट सफल व्यवसायी समूह नं. १३ की समुहकी सदस्य प्रेम कुमारी पौडललाई सम्मान गरिएकाे थियाे ।
संस्थाकाे समूह सदस्य प्रेमकुमारी पौडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत संस्थाका कर्मचारी थानेश्वर न्यौपानले स्वागत गरेका थिए ।
कार्यक्रममा शाखामा आवद्ध १६८ वटा समूहका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।