विकास आयोजनाको अनुगमनमा सांसद भट्टराई

  • ख-
  • ख+

पोखरा । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको कास्की निर्वाचन क्षेत्र २ मा संचालित विभिन्न विकास आयोजनाहरुको निरीक्षण कार्य जारी रहेको छ । भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा संघीय ,प्रदेश तथा स्थानिय सरकारबाट संचालित आयोजनाको अनुगमन गरेकी हुन ।


सो क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र गुणस्तरको अनुगमन गर्दै स्थानिय अगुवा ,समाजसेवि ,उपभोक्ता र जनताहरुसंग साक्षात्कार समेत गरेकी छ्न । यसैबिच उनले बुधवार पोखरा ३३ भरत पोखरी पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अबलोकन गरेकी छन् ।


उक्त सडक अन्तर्गत गैह्रागाउ जामुनावोट सडक खण्ड संघिय सरकारको दुइ करोडको लागतमा ढलान र कालोपत्रेको काम भइरहेको छ । उक्त निर्माणाधीन सडकको अनुगमन गर्दै भट्टराईले कास्कीको दक्षिणी भेग सहित तनहुँ र स्याङ्जाका जनतालाई समेत सहज हुने सो सडक समयमै सम्पन्न गर्नु पर्नेमा जोड दिदै निर्माण कम्पनीलाई सोहीअनुसार कार्य सम्पादन गर्न निर्देशन दिइन । स्थानिय उपभोक्ता का समस्यालाई प्राथमिकता राखेर सोहीअनुसार सम्बोधन गर्न स्थानियजन प्रतिनिधिलाई आग्रह गरिन ।


बिकास निर्माणका कार्य बाताबरण मैत्रीहुनुपर्ने र सो को लागिकुनै कसर बाकी नराख्नउनले आग्रह गरिन । भट्टराईले आफ्नो क्षेत्रमा संचालितअन्यआयोजनाहरुको अनुगमन जारी राख्ने जनाइएको छ । यसअघि भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघिय सरकार द्वारा संचालितआयोजनाहरू मातृशिशु अस्पताल हुदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिकमार्ग देउराली सडक लगायतका आयोजनाहरु अवलोकन गरेको उनको सचिबालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्