
पाेखरा । साइकल चाेेरेकाे आराेपमा ४ जनालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे छ ।
सिन्धुपाल्चाेक घर भई पाेखरा ५ जिराेमा फर्निचर उद्योग सन्चालन गर्दै आएका बर्ष ५१ को भिमसेन थामीको उद्योगमा शंकास्पद अवस्थामा चोरीका साईकलहरु किनवेच गरिरहेको अवस्थामा शुक्रवार साँझ ६ वजे चोरीका ६ थान साइकल र २ जना नाबालकसहित ४ जनालाई प्रहरीले लिएकाे हाे ।
पाेखरा ५ वस्ने १७ र १४ वर्षका दुई जना बालक, स्याङजा फेदिखोला गाउँपालिका वडा नम्वर ६ वस्ने २४ वर्षीय मदन सुनार र फर्निचर उद्योग सञ्चालन गर्दै आएका ५१ वर्षीय भिमसेन थामी रहेका छन् ।
उक्त साइकलहरु कोही कसैको चोरी भएको भएमा प्रमाण लाग्ने कागजात सहित वप्रका बैदाममा सम्पर्क गर्नुहुन अनुरोध छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।