पोखरामा फेवा डुंगा दौड प्रतियोगिता हुने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । फेवा डुंगा व्यवसायी संगठनको स्थापना दिवसका अवसरमा प्रथम फेवा डुंगा दौड प्रतियोगिता एंव एक दिने मेला उत्सव हुने भएको छ ।

सम्रग पोखराको पर्यटन पर्वद्धन गर्ने उदेश्यले डुंगा दौड प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।

जेठ ३१ गते आयोजना हुने खुल्ला डुंगा दौड प्रतियोगिता एक दिन मात्रै संचालन हुने जनाइएको छ । सो प्रतियोगिताबाट बचत भएको रकम फेवा तालको सरसफाईमा खर्चिने संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए ।

केहि दिन अघि मात्रै पोखरलाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । पोखरा महानगरपालिकाले पर्यटकीय राजधानी घोषणा गरे संगै फेवा डुंगा व्यवसायीहरु सो कुरालाई सार्थक बनाउन प्रतियोगिता आयोजना गर्न लागेको सचिव शिव जि.सीले बताए ।

आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्धेश्यले आयोजना गरेको डुंगा दौड प्रतियोगितामा ४० टीमले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगितामा सहभागी हुने टीममा ३ जना हुनु पर्नेछ । सहभागी हुने टीमले काठबाट बनेको डुंगाको प्रयोग गर्नु पर्नेछ । सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्ने आयोजकले पत्रकार सम्मेलनमा बताएको छ ।

प्रतियोगिामा महिला र पुरुषले छुट्टा छुट्ै प्रतिस्पर्धा गर्नेछन । पुरुष टीमले २१ सय मिटर र महिला टीमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नु पर्ने आयोजकले जनाएको छ ।

सो प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने पुरुष समुहले क्रमशः ३० हजार,२० हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै महिला समुहमा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार,१५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । २ लाख ४० हजार खर्चको अनुमान गरेको उक्त प्रतियोगितामा दर्ता शुल्क ३ सय राखिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्