गण्डकी प्रदेशस्तरीय पुरुष फुटबलको उद्घाटन खेलमा तनँहु विजयी

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा ।  गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा तनँहु विजयी भएको छ ।

आज भएको उद्धघाटन खेलमा तनहुँले  गोर्खालाई  ३–० गोल अन्तरले सहज जित निकाल्दै विजयी भएको हो । खेलको २० औं मिनेटमा तनँहुका शान्ता बहादुर गुरुङले गोल गर्दे खाता खोलेका थिए । खेलको २३ औ मिनेटमा तनहुँका लागि राम थापा र ३१ औ मिनेटमा जिवेश आले मगरले समान एक एक गोल गर्दे तनँहुको जितलाई सुनिश्चत गरे ।

यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन् ।

जस अन्तर्गत पहिलो खेल विहान ८ बजे म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङका बीच हुनेछ भने चौथो खेल लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले बताए ।

यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्