पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको क्वाटर फाइनलका समिकरण पुरा भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन क्वाटरफाइनलका खेल पुरा भएको हो ।
आज भएको पहिलो खेलमा म्याग्दीका सुमन पुनले खेलको ३२ औ मिनेटमा गोल गर्दे टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३५ औ मिनेटमा म्याग्दीका मनिष श्रेष्ठले गोल गर्दे गोल संख्या दोब्बर बनाए । दोस्रो हाफमा स्याङजा खेलमा फर्कदै बराबरी गरे । स्याङजाका लागि सोम गुरुङ र अनिश गुरुङले १/१ गोल गरे ।
२–२ गोलको बराबरी भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ट्राइबे्रक्ररमा म्याग्दीले स्याङजालाई ४–३ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
दोस्रो दिन भएको दोस्रो खेलमा कास्कीले नवलपुरलाई ४–० ले पराजित गरेको छ । खेलको ३३ औं मिनेटमा विक्रम गौतमले गोल गर्दै कास्कीलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ४५ औ र ४८ औ मिनेटमा व्यक्तिगत दुई गोल गरे । खेलमा निकै आक्रमक शैलीमा खेलेको कास्कीले नवलपुरलाई गोलको कुनै मौका नै दिएन । खेलको ५४ औ मिनेटमा कास्कीका किशन गुरुङले व्याक्तिगत १ गोल गरे ।
आजै भएको तेस्रो खेलमा वागलुङले पर्वतलाई ४–० ले पराजित गर्दे सेमिफाइनमा प्रवेश गरेको हो । वागलुङको जितमा आयूष खड्काले ह्याट्रिक गरे । उनले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गरेका थिए । खेलको ७१ औ मिनेटमा वागलुङका निश्चल महतले चौथो गर्दे बागलुङलाई सेमिफाइनलको यात्रा सहज बनाएको हो ।
शनिबार नै सम्पन्न भएको चौथौ एंव अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङलाई ५–० को गोल अन्तरले पराजित गर्दे सेमिफाइनलमा आफ्रनो स्थान सुरक्षित गरेको हो । तनहुँका सन्त बहादुर गुरुङले खेलको १८, ५६, ६५ र ७८ मिनेटमा गोल गर्दे एक्लैले ४ गोल गरे । तनँहुका लागि १ गोल सौगात गुरुङले गरे । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए ।
आइतबार बिहान ८ बजे पोखरा रंगशालामा सेमिफाइनलका पहिलो खेल हुने वागलुङ र तनहुँ दोस्रो खेल म्याग्दी र कास्की बिच हुने संघका महासचिव बिनोद गुरुङले बताए । जारी यस प्रतियोगिताको बिजेता टिमले २ लाख नगद र उपविजेता ह टिमले १ लाख नगदका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् ।तस्विर:उमेश पुन