कास्कीलाई प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी कास्कीले उचालेको छ ।

पोखरा रंगशालामा सोमबार सम्पन्न भएको फाइनल खेलमा तनँहुलाई ट्राइब्रेकरमा पराजित गर्दे कास्कीले उपाधि उचालेको हो ।

निर्धारित समयमा गोल रहित भए पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइबे्रकरमा कास्कीले ४–३ गोल अन्तरले पराजित गर्दे उपाधि जितेको हो ।

कास्कीको तर्फबाट सरोज गुरुङ,योगेश गुरुङ,आर्यन गिरि र आयुष्मान गुरुङले गोल गरे । कास्कीका राजकुमार कुवंरको प्रहार क्रसबारमा लागेकोले गोल गर्न चुके ।

त्यस्तै तनँहुका लागि दिपेश आले,शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङले गोल गरे । तनँहुका देव गुरुङको प्रहार क्रसबारमा लाग्दा गोल गर्नबाट बञ्चित भए । त्यस्तै तनँहुका टिम क्याप्टेन सजिन थापाको प्रहार कास्कीका गोल किपरले बचाउ गरे ।

खेलको निर्धारित समयमा दुवै टिमले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल ट्राइबे्रकरमा धकेलिएको थिए । आजको खेलमा म्यान दि म्याच कास्कीका गोलरक्षक आकाश रानाभाट भए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी तनँहुका शन्त बहादुर गुरुङ घोषित भए ।

त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर,कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर,तनँहुका लक्षु थापा इमर्जिङ प्लेयर,कास्कीका वशिन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्की सन्तोष केसी घोषित भए ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही पाँच हजार प्राप्त गरेका छन्।

प्रतियोगिताको विजेता कास्कीले २ लाख र उपविजेता तनँहुले १ लाख नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।तस्विर:उमेश पुन

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्