दुगर परिवारको दादागिरी,आफ्नै घरमा जाँदा घरधनीमाथि कुटपिट,मोबाइल तोडफोड

गणेश रामदाम
  • ख-
  • ख+

गणेश रामदाम/पाेखरा ।

पाेखरामा आफ्नै घरमा लक्ष्मी गुरुङमाथि कुटपिट भएको छ । पोखराको चर्चित हार्डवेयर व्यवसाय विकास कुमार दुगरका छोरा दिग्विजय कुमार दुगर र आशिका दुगरले घरधनी गुरुङलाई हातपात गरेका हुन् । आइतबार साँझ ६:३० बजेतिर घर जाँदा लक्ष्मी गुरुङ र उनकी जेठानी सिता गुरुङमाथि हातपात गरेका हुन् ।

पोखरा सभागृह अगाडि दुगर आइरन नामको हार्डवेयर पसल सञ्चालन गर्दै आएका दूगर परिवार पोखरा १७ ड्यामासाइडमा गुरुङको पक्की साढे दुई तलाको घर झण्डै २६ वर्षदेखि बस्दै आएका छन् ।

 पहिलो पटक मिति २०५५ फागुन १८ गते २० वर्षका लागि दुई तला मात्र विभिन्न सर्त सहित गुरुङका श्रीमान यामबहादुर गुरुङले सम्झौता गरेका थिए ।

 यस्तै दोश्रो पटक मिति २०७५ माघ १ गते पुन ५ वर्षका लागि अर्थात् २०८० पौष मसान्त सम्ममा लागि पुन सम्झौता गरेका थिए । सम्झौता अनुसार दुगर परिवारले घर खाली गर्न मानेको थिएन । कोरोना कहरका बेला यामबहादुर गुरुङको देहावसान भयो ।

मुख्य सम्झौताकर्ताको मृत्यु भए पश्चात घर छोड्न नमानेको दुगर परिवार वडामा निवेदन गरेपछि आफूले बनाएको संरचनाको रकम दिनुपर्ने बताएका थिए । सम्झौतामा दोश्रो पक्ष अर्थात दुगर परिवारले संरचना निर्माण गर्दा प्रथम पक्ष अर्थात गुरुङसंग अनुमति लिनुपर्ने र छोड्दा लैजान नपाउने उल्लेख गरिएको छ ।

पछिल्लो पटक मिति २०८१ वैशाख ३० गते वडाका मेलमिलाप कर्ताको रोहबरमा मिति २०८१ असार मसान्तमा घर पूर्ण रुपमा खाली गर्ने गरी सहमति भएको थियो । घर धनी गुरुङले आफ्नो घर जान सहज वातावरण नभएको बताइन् ।

 आफू कहिले विदेश त कहिले आफन्तकोमा बस्ने तर कहिले काहीँ जाँदा कुकुर छोडी राख्ने , गेट बन्द राख्ने जस्ता क्रियकलापले घर जान सहज नभएको गुरुङले बताइन् ।

आइतबार भएको घटनामा दिग्विजय दुगर र आशिका दुगरले गुरुङमाथि हातपात गरी गुरुङको जेठानी सिता गुरुङको मोबाइल तोडफोड गरेका छन् । हातपात गर्दा १ तोलाको सुनको सिक्री पनि हराएको सिता गुरुङले बताइन् ।

वडा प्रहरी कार्यालय बैदाममा उजुरी गरे पछि दुवैजनालाई  प्रहरीले सोमबार पक्राउ गरी हिरासतमा राखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्