मानव सेवा आश्रमको अभिभावक संयोजक तथा कानुनी सल्लाहकारमा पौडेल

  • ख-
  • ख+

पोखरा। मानव सेवा आश्रम कास्कीको अभिभावक परिवारको संयोजक तथा कानुनी सल्लाहकारमा पत्रकार तथा अधिवक्ता सुष्मा पौडेल चयन हुनुभएको छ ।

पोखरामा सम्पन्न प्रतिनिधिमुलक अभिभावक तथा अभियन्ता भेलाले अभिभावकतर्फ प्रेस संगठन नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएकी सामाजिक अभियन्ता पौडेललाई निर्विरोध चयन गरेको हो । विगत १८ वर्षदेखि पत्रकारितामा कृयाशिल पौडेल परोपकारी पत्रकारीता तथा समाजमा पछाडि परेका, असाहय, अपांग, वालवालिकाको क्षेत्रमा कृयाशिल हुनुहुन्छ । पौडेलको टिममा आश्रमका अभियन्तातर्फ जिल्ला संयोजक राजन सापकोटा सदस्य सचिवसहित विभिन्न क्षेत्रका अन्य १९ जना सदस्य चयन भएका छन ।

जसमा विष्णुवहादुर भट्टराई, राजेश फुयाल, होमराज भट्टराई, दिनेश शर्मा, शोभा पौडेल, मदन थापा, दुर्गाप्रसाद तिमील्सिना, राहुल पाण्डे, मेघमान श्रेष्ठ हुनुहुन्छ । यसैगरी विष्णु गुरुङ, शान्ति न्यौपाने, लक्ष्मी भट्टराई, कमला पराजुली, लक्ष्मी थापा, कुलमाया क्षेत्री, धर्मराज वास्तोला, धनवहादुर थापा र लालशिव गोगी रहनुभएको छ । आश्रमका केन्द्रीय कोषाध्यक्ष तथा अभियन्ता होमनाथ तिमील्सिनाले आश्रमका गतिविधि प्रकाश पार्दै स्थापनाकादेखि अनवरत रुपमा अभिभाकीय भुमिका निर्वाह गर्दै आएको अभिभावक समूहवाट उक्त टिम गठन गरिएको जानकारी दिनुभयो ।

कास्कीको छोरेपाटबाट सुरु भएको मानव सेवा आश्रम पोखरा आफ्नै भवनसहित हेम्जामा निर्माण हुदैछ। हाल हेम्जा र छोरेपाटन गरी आश्रममा १०३ जना सहयोपेक्षी रहेका छन् । सबैलाई नाना, छाना र खाना भन्ने नाराका साथ देशका विभिन्न १५ जिल्लामा मानव सेवा आश्रमको शाखा विस्तार भइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्