सुशान्त क्लबकाे आयाेजनामा धान दिवस विशेष कार्यक्रम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । सुशान्त क्लबले २१ औँ राष्ट्रिय धान दिवसकाे अवसरमा धान दिवस विशेष कार्यक्रम गरेकाे छ ।

पाेखरा १७ मा रहेकाे क्लवले “जलवायु मैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ “विराैटामा गरेकाे  कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटकले हिलाेमा खेलेर मज्जा लिएका थिए ।

कार्यक्रममा दही चिउरा खाँदै डोरी तान्ने, घैँटो फुटाउने, बेलुन फुटाउने,  लगायतका विभिन्न खेलहरू समेत भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पाेखरा १७ का अध्यक्ष राधिका शाही याेगीले क्लवले गरेकाे कार्यकाे सह्राना गरिन्।

कार्यक्रममा  सुशान्त टोल सुधार समितिका उपाध्यक्ष सीता रेग्मी, सुशान्त आमा समूहका अध्यक्ष पवित्रा थापा, सुशान्त बाल क्लबका अध्यक्ष परिवेश थापा लगायतले बाेलेका थिए ।

सुशान्त क्लब अध्यक्ष टिकाराम पाैडेलकाे अध्यक्षतमाा भएकाे कार्यक्रमकाे स्वागत उपाध्यक्ष शिला सिग्देल र सञ्चालन  सुशान्त क्लवकी सचिव सगुन पौडेलले गरेका थिए  ।

महाेत्सवमा क्लबका सल्लाहकारहरू, क्लबका संस्थापक सदस्यहरू, आजीवन तथा साधारण सदस्यहरू, सुशान्त बाल क्लबका सदस्यहरु, सुशान्त टोल सुधार समिति, आमा समूह लगायत सुशान्त टोलबासीहरूको उपस्थिति रहेकाे थियाे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्