सांसद मनाङेकाे पहलमा जारी नि:शुल्क स्वास्थ्य शिविरमा नाै सय जनाकाे स्वास्थ्य परिक्षण

  • ख-
  • ख+

तारा पाैडेल/मनाङ । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ ( दिपक मनाङे) काे पहलमा ङिस्याङ ४, हुम्दे मनाङमा जारी नि:शुल्क स्वास्थ्य शिविरमा नाै सय जनाकाे स्वास्थ्य परिक्षण गरिएकाे छ ।

शुक्रवारदेखि संचालित शिविरमा शुक्रवार र शनिवार गरि ९ सय जनाकाे स्वास्थ्य परिक्षण गरिएकाे हाे ।

पाेखरामा कार्यालय रहेकाे कादुरी एग्रिकल्च​र​ल एशोशिय​स​न व्रिटिस गाेर्खाज नेपाल र​ ठमेल टुरिजम बोर्डकी वरिष्ठ उपाध्यक्ष गिता गुरुङको विशेष सहयोगमा संचालित नि:शुल्क शिविर​ साेमवारसम्म जारी रहनेछ ।

डाक्ट​र र नर्स​ गरि २५ जनाले स्वास्थ्य सेवा दिईरहेकाे उक्त शिविरमा नाक, कान​, घांटी,आँखा ल​गाय​त​ सुत्केरी, प्रेस​र र सुग​र​का झण्डै ३ हजार जनाकाे नि:शुल्क स्वास्थ्य परिक्षण गरिने लक्ष्य रहेको सांसद मनाङेका निजि सचिव रोनित गुरुङले सिटिपाेखरा डट कमलाई जानकारी गराएका छन्।

उनका अनुसार विहान ८ वजेदेखि अपराह्न साढे चार वजेसम्म संचालन हुने शिविरमा स्वास्थ्य परिक्षण मात्र नभएर विरामीकाे स्वास्थ्य अवस्थाअनुसार नि:शुल्क रुपमा अाैषधी वितरण तथा अप्रेशन लगायतका उपचार पनि भइरहेकाे छ ।

शिविरकाे पहल गरेका सांसद मनाङेले तिन म​हिना अगाडी गरेकाे वाचा आफुले पुरा गरेकाे बताए । उनले भने:-“मैले स​र​कार​लाई मात्र​ दोष ल​गाएर​ हुदैन​ कतिप​य​ काम आफै प​नि ग​र्नुप​र्छ र​ डाक्ट​र न​र्स म मनाङ आफै प​ठाउँछु भ​नेको भ​एर​ य​स ​पटक लिएर​ आएको हुँ ।”

पछिल्लो समयमा विभिन्न सामाजिक कार्यमा सकृय रुपमा लागेका सांसद मनाङेको यस महान कार्यले पनि उनकाे निर्वाचन क्षेत्र मनाङ ´ख`का स्थानियकाे वाहिवाहि पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्