होटल तालिम प्रदायक संघ नेपालको अध्यक्षमा राना

  • ख-
  • ख+

पाेखरा । होटल तालिम प्रदायक संघ नेपालको अध्यक्षमा ज्ञानबहादुर राना सर्वसम्मत चयन भएका छन् । संघकाे शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले रानाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे ।

समितिको उपाध्यक्षमा शेरसिंह गुरुङ, सचिवमा सम्मरबहादुर थापा मगर, सह–सचिवमा दिपेन्द्र अधिकारी र कोषाध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा राजेन्द्र गुरुङ र दिनेश कुवँर रहेका छन् भने समितिले २ जना सदस्य पछि थप गर्ने निर्णय भएकाे छ ।

विजय पौडेलको संयोजक तथा सदस्यहरु मोती श्रेष्ठ र मुकेश गुरुङ रहेकाे निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हो ।

समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै पोखरा महानगरपालिका वडा नम्वर ११ का वडा सदस्य मिन गुरुङले संस्थाको सहयोगमा बेरोजगारी युवा युवतीहरुले आत्मनिर्भर हुने अवसर पाउने विश्वास व्यक्त गरे । आवश्यक परेको अवस्थामा महानगरले सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव सम्मरबहादुर थापा मगरले प्रस्तुत् थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष महेश श्रेष्ठले प्रस्तुत गरेका थिए ।

पोखरा ११ काहुँडाडा स्थित काहुँ घोथाने होम स्टेमा भएको कार्यक्रमकाे सन्चालन सचिव सम्मरबहादुर थापा मगरले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्