पोखरा । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्कीले शुभकामना आदान प्रदान गरी ३० औं विश्व आदिवासी दिवस मनाएको छ ।
शुक्रवार भएको कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले क्षेत्री जातिमा मित्रभाव भएको बताउँदै आवश्यकता अनुसार क्षेत्री नरम र गरम दुवै हुने उल्लेख गरे । उनले क्षत्रीको पहिचान लगाई र बोलाईमा हुने स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै जिल्लाका निवर्तमान उपाध्यक्ष चेतबहादुर कार्की नेपाल पहिलो शासक गोपाल वंशी क्षत्री भएको बताए । कार्यक्रममा उनले क्षत्री वंश तथा खस राज्यको इतिहास समेत जानकारी गराएका थिए ।
गण्डकी प्रदेश सदस्य मोहन अधिकारी, सचिवालय सदस्य गणेश कुँवर र रामबहादुर क्षेत्री, जिल्ला महिला सचिव माया भण्डारी, नगर महिला अध्यक्ष जानुका क्षत्री अधिकारी, नगर उपाध्यक्ष रेनु थापा, नगर सचिव मोहन के.सी. लगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।
क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष दिलबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष अर्चना बस्नेत र स्वागत जिल्ला उपाध्यक्ष दानबहादुर बहादुर बस्नेतले गरेका थिए ।