मित्र मिलन पत्रकारिता पुरस्कार पत्रकार विमला भण्डारीलाई

  • ख-
  • ख+


पाेखरा । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभाको अवसरमा मित्र मिलन पत्रकारिता पुरस्कारबाट पत्रकार बिमला भण्डारीलाई सम्मान गरेको छ ।

पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा अहम भूमिका खेलेको भन्दै पत्रकार भण्डारीलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।

पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष, सञ्चारिका समुहको केन्द्रिय सदस्य, रेडियो जननीको संस्थापक स्टेसन म्यानेजर, न्यूनतम पारिश्रमिक निर्धारण समितीको पूर्व सदस्य हुन् ।

पुरस्कार ग्रहण गरिसकेपछि भण्डारीले पुरस्कारले थप पत्रकारिता क्षेत्रमा लाग्न उर्जा थपिएको बताईन् । १९ बर्षे पत्रकारिताको यात्रामा कहिल्यै पनि पुरस्कारको लागि काम नगरेको बताउने पत्रकार भण्डारीले बेलामौकामा समाजका अन्य क्षेत्रले पत्रकारिताको मूल्याङ्कन गरेर सम्मान गर्दा खुसी लाग्ने बताईन् ।

कार्यक्रममा संस्थाले सामाजिक व्याक्तित्व सम्मानबाट उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोईरालालाई सम्मान गरेको छ । असल समाज निर्माणमा उदाहरणिय काम गरेको भन्दै कोईरालालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

सोही अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी कुलदिप पौडेललाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाईटी कास्कीले बनाउन लागेको अत्याधुनि रक्तसंचार केन्द्रको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोग गरेको छ ।

शनिबारकै कार्यक्रममा संस्थाका अध्यक्ष रमण पौडेलले नेपाल रेडक्रम सोसाईटी कास्कीका उप सभापति डण्डराज पौडेललाई नगद चेक हस्तान्तरण गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्