पोखरा १३ काे अन्नपूर्ण टोल विकास संस्थाको तेस्रो साधारण तथा आमा समूह गठन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

पोखरा १३  मा रहेकाे अन्नपूर्ण टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा आमा समूह गठन भएको छ ।

सभाका  प्रमुख अतिथि  पाेखरा १३ मा वडा अध्यक्ष किरण बरालले  संस्थाले  गरेका गतिविधिको प्रंशसा  गर्दै टोलले भोग्नु परेको बाढीको  समस्याबारे आफू जानकार रहेको र छिट्टै नै समस्याको समाधान गर्ने प्रतिबद्धता समेत  व्यक्त गरे ।

उनले आगामी दिनमा वडाबाट  हुनुपर्ने सहयोगको लागि आफु सधै तत्पर रहको बताए ।

साधारण सभाको अवसरमा टोलका १३३ जेष्ठ नागरिकलाई सम्मान गरिएकाे थियाे । साथै आजीवन  सदस्यहरुलाई सदस्यता प्रमाणपत्र प्रदान तथा आमा समूह समेत गठन गरिएको  थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष पुर्ण बहादुर गुरुङले अहिले भईराखेका कार्यहरु र भावी योजाना तथा कार्यक्रम  बारेमा जानकारी गराएका थिए ।

 टोल विकास संस्थाकी कोषाध्यक्ष रिना गुरुङले आर्थिक वर्ष ०८०/८१ को वार्षिक लेखा प्रतिवेदन पेश गरिन् ।

कार्यक्रममा पोखरा १३ वडा सदस्य  सुचिता  तामाङ, सस्थाका सल्लाहकारहरु, हैकमधोज घले, बलिबहादुर गुरुङ, गम बहादुर, अशोक गुरुङ लगायत र उपाध्यक्ष बाबुराम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए भने सचिव  सन्तोष  गुरुङले कार्यक्रम सन्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्