बटुकलाई न्यानाे कपडा वितरण

  • ख-
  • ख+


पाेखरा । रोटरी क्लव अफ पोखरा अन्नपूर्णद्वारा केदरेश्वर महादेव विद्यापिठका महादेव मन्दिर स्थित विद्यापिठका बटुक हरुलाई न्यानो कपडा वितरण गरेको छ।

क्लवले शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यापिठका बटुकहरुलाई स्विटर र टोपी वितरण गरेको हो।

विद्यापीठमा हाल ४० जना बटुकहरु अध्ययनरत रहेको विद्यापीठका पिठाधीस डा.लेखनाथ आचार्यले जानकारी जानकारी दिए ।

कोरोना कहरका कारण परेको असरले गुरुकुलको दैनिक क्रियाकलापमा प्रतिकुल प्रभाव परेको चर्चा गर्दै डा आचार्यले संस्कृत शिक्षाको संरक्षणमा सबै पक्षको ध्यान हुनु अहिलेको आवश्यकता भएकाे बताए ।

कार्यक्रममा बोल्दै क्लबका निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले रोटरी क्लवको बारेमा जानकारी दिए ।

क्लवका अध्यक्ष प्रदीपभक्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देबेन्द्र बास्तोलाले स्वागत मन्तव्य राखेका थिए कार्यक्रम सन्चालन कार्यक्रम संयोजक भानु भण्डारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्