जागरण माछापुच्छ्रे विकास संस्थाको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

  • ख-
  • ख+


सरिता गुरुङ्ग/पोखरा ।
जागरण माछापुच्छ्रे विकास संस्थाको प्रथम साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । पोखरा–१८ स्थित लामागाँउमा सो कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष सुकबहादुर घलेको अध्यक्षता र पोखरा महानगरपालिका वडा नं.१८ का अध्यक्ष रणबहादुर थापाको प्रमुख आतित्यथामा सो कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा–१८ का अध्यक्ष थापाले यस वडाको विकासका निम्ति आफुहरुले वडाबासिसंग सहकार्य गर्दै विभिन्न विकासका योजनाहरुलाई मुर्त रुप दिने बताएका छन् ।
उनले यस ठाउँमा भएका विकास निर्माणका योजनाहरुलाई सार्थकता दिन आवश्यक बजेट निकासा गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष थापाले यस संस्थाको हितका निम्ति आफुले अध्यक्षको हैसियतले मात्र नभइ व्यक्तिगत रुपमा पनि सधै साथ र सहयोग गर्ने पनि बताए ।

उक्त साधारण सभाबाट अध्यक्ष सुक बहादुर घलेको अध्यक्षतामा १३ नयाँ कार्य समिति गठन भएको छ । नयाँ कार्य समिति अन्र्तगत वरिष्ठ उपाध्यक्षमा गणेश गिरी, उपाध्यक्ष होमनाथ पराजुलि, सचिव मोहदत्त खनाल, सह–सचिव यदुनाथ रेग्मी, कोषाध्यक्ष शान्ति क्षेत्री लिम्बु चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मनोज बुद्धचार्य, रुद्र भारती, मिलन थापा मगर, निर्मला अधिकारी, मैतासुब्बा दर्जि, ध्रुव अधिकारी र धन कुमारी पुन चयन भएका छन् ।
यस्तै उक्त अधिवेशनबाट आफ्नो टोल उज्यालो अभियानका निम्ति उप–समिति समेत गठन गरेको छ । सो उज्यालो टोल विकास उप–समितिमा संयोजक डिल्लिराज पौडेल, सह–संयोजक जीवन गुरुङ्ग, सदस्यहरुमा सीता गिरी, सीतादेवी पुरी, धर्मदत्त पौडेल, हिरा के.सी. र चन्द्र पुन चुनिएका छन् ।

सोही कार्यक्रममा उक्त टोल उज्यालो अभियानका लागि संस्थाका सदस्यहरुबाट रु ६५ हजार ६५ रुपैया आर्थिक सहयोग समेत जुटेको छ ।

आर्थिक सहयोग गर्नेहरुमा सुक बहादुर घले, टंक कुमारी क्षेत्री, जीवन गुरुङ्ग, धनदेवी पुन, हुमनाथ पराजुली, डिल्लिराज पौडेल, मोहदत्त खनाल, मनोज बुद्धचार्य, अमित न्यौपाने, मगर आमा समुह, चन्द्रमणि पराजुली, कुम बहादुर तामाङ्ग रहेका छन् भने यस संस्थालाई बिमल मगर, चन्द्र पुन, शिवराज ठकुरी र मैता दर्जिद्धारा संयूक्त रुपमा १ थान दराज उपलब्ध गराएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुक बहादुर घलेले यस संस्थाका हितका लागि आफुले सदैब निस्वार्थ भावनाले काम गर्ने बताए । उनले यस संस्थासंगै टोल विकासका निम्ति सधै सहयोग गर्नुका साथै सबैसंग सहकार्य गर्दै विकास निर्माणका काममा हातेमालो गर्दै अगाडि बढ्ने समेत जानकारी दिए ।

त्यस्तै सोही कार्यक्रममा अतिथिहरु यसै वडाका वडा सदस्य ज्ञान बहादुर थापा, हरि लम्साल, पिपलडाली आमा समुहका अध्यक्ष तारा घले, सृजना प्रा.वि.का प्राध्यापक अनिता सुवेदी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल वि.क., पोखरा महानगरपालिका कार्यलय योजना शाखाका प्रमुख इन्जिनियर राजु रेग्मी, समाजसेवी पुष्प कार्की, झपिन्द्र सुवेदी, डुन्डुरे खोला खानेपानी संस्थका अध्यक्ष दिनेश श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका छन् ।

यसैबीच कार्यक्रममा स्वागत मन्त्वय संस्थाका वरिष्ठ उपाध्यक्ष मोहदत्त खनालले गरेका थिए भने विधान मस्यौदा समितिका संयोजक अधिवक्ता तिलक प्रसाद कोइरालाले संस्थाकाबारेमा विस्तृत जानकारी गराएका थिए ।

यस्तै कार्यक्रम संचालन संस्थाका सचिव टंक कुमारी क्षेत्री लिम्बुले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्