रोटरी क्लव अफ पोखरा अन्नपूूर्णद्धारा सुरक्षा र खेल सामाग्री हस्तान्तरण

  • ख-
  • ख+


पाेखरा । रोटरी क्लव अफ पोखरा अन्नपूूर्णले कोभिड–१९ बाट हुुने जोखिमलाई न्यूूनिकरण गर्न र सुुरक्षित रहनको लागि श्री सिर्जना आधारभूत विद्यालयलाई सुरक्षा र खेल सामाग्री पनि हस्तान्तरण गरेको छ ।

पोखरा–१८, सराङ्गकोट, लामागाउँमा अवस्थित उक्त विद्यालयलाई आईतवार एक कार्यक्रमको आयोजना गरि सो क्लबद्धारा विद्यालय संचालनमा समस्या हुुन नदिनको लागि सुुरक्षा उपायका सामाग्रीहरुको साथै खेल सामाग्री समेत हस्तान्तरण गरेको हो ।

क्लवका सदस्य एवं उक्त कार्यक्रमका संयोजक माधव बरालले विद्यालयलाई १ थान पानी ट्याङकी, हात धुुने साबुुन, धुुन मिल्ने मास्क २ सय थानको साथै विभिन्न खेल सामाग्री विद्यालयका प्रधानध्यापक अनिता सुुवेदीलाई हस्तान्तरण गरेका हुन् । साे अवसरमा उनले जसरी आफुुहरुको क्लवले विगतमा यस विद्यालय र विद्यार्थीहरुको पठनपाठनका लागि आवश्यकता अनुुसारको सहयोग गरेको बताउँदै आगामि दिनमा पनि यस क्लबले सदैव विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

त्यस्तै उक्त कार्यक्रममा क्लवका पूूर्व अध्यक्ष बाबुुराम बरालले यस क्लबले धेरै सामाजिक र सेवा मुुलक कार्यहरु गरेको बताउँदै आगामी दिनमा समेत आफुुहरुले अझ धेरै सेवा मुुलक कार्यहरु गर्ने पनि जानकारी दिएका छन् ।

सोही कार्यक्रममा क्लबका इलेक्टेड प्रेसिडेन्ड रामप्रसाद बस्ताकोटी, सदस्य कृष्ण पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल वि.क., शिक्षक–शिक्षिका, विद्यार्थीहरुको साथै सो ठाउँका बुुद्धिजिविहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानध्यापक अनिता सुुवेदीले राखेकी थिइन् भने कार्यक्रम संचालन क्लवकन सह–सचिव सरोज बरालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्