गन्ध वा स्वाद थाहा नपाउने सङ्केत पनि कोरोना भाइरसको लक्षण

  • ख-
  • ख+

काठमाडाैं, २० चैत । गन्ध वा स्वाद थाहा नपाउने सङ्केत पनि कोरोना भाइरसको लक्षण हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

बेलायतको लण्डनमा रहेको द किङ्स कलेजको एउटा समूहले ४ लाखभन्दा धेरै मानिसमा गरेको अध्ययनले यस्तो देखाएको बीबीसीले जनाएको छ ।

अध्ययनले गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकी जस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमण पनि कोरोनाको लक्षण भएको देखाएको छ ।

विज्ञहरूले सबैभन्दा धेरै ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्